प्रदेश २ मा अब तीन पार्टीको सरकार बन्ने सहमति, ४ मन्त्रालय टुक्राएर १० मन्त्रालय
त्यसमा डा. रिना यादव र डा. अञ्जु यादवपनि पर्न सक्छन् । प्रदेशसभा सदस्यहरुले सरकारको कडा आलोचनागर्दै बैठक नै अबरुद्ध गरेका थिए ।

२०७८ जेठ २६ बुधबार, बिहान ८:०३ बजे२ मिनेट पढाइ
न्युज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा सरकारले ४ वटा मन्त्रालयलाई टुक्रयाएर संख्या १० पु¥याएको छ ।
सरकारमा नेपाली काँग्रेस र माओवादी केन्द्रको सहभागिता निश्चित भएपछि मंगलवार राती बसेको मन्त्रिमण्डलको बैठकमा मन्त्रालय टुक्रयाउने सहमति भएको उच्चस्रोतले जनाएका छन् ।
प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समुहमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरु डिम्पल झा, सुरेश मण्डल र अभिराम शर्मालाई बर्खास्त गरिएसँगै सरकारमा काँग्रेस र माओवादी केन्द्रको सहभागिता सुनिश्चित भएको थियो ।
स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सिंचाई, उर्जा र खानेपानी मन्त्रालयलाई अलग मन्त्रालय बनाइने भएको छ ।
त्यसैगरि समाजिक विकास मन्त्रालयबाट खेलकुद, महिला बालबालिका मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट वाणिज्य, आपूर्ती, वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट कानुन र प्रदेशसभा सम्बन्धी मन्त्रालय अलग गरिएकोछ ।
‘मन्त्रालय फुटाउन प्राविधिक कठिनाइ रहेकाले बुधवार बिहान फेरी कार्यदलहरुबीच छलफल हुनेछ’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश यादवले भने, कर्मचारीको अभाव, औचित्य पुष्टि भइ नसकेको मन्त्रालयहरुलाई अलग्याउँदा आउने समस्यालाई समेत बिचार गर्नुपर्छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…