धनुषा चितवनमा र ७०/७० प्रतिशत मतदान
मतगणना शुक्रबार विहान ८ बजेदेखि सुरु हुने

२०७४ मंसिर २१ बिहीबार, राति १०:०० बजे१ मिनेट पढाइ

चितवन, २१ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभाको आज सम्पन्न निर्वाचनमा जिल्लामा ७० प्रतिशत हाराहारी मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले यकिन विवरण आइनसकेको भए पनि प्रारम्भिक विवरणअनुसार ७० प्रतिशत हाराहारी मत खसेको छ । अहिलेसम्मको विवरणअनुसार केही केन्द्रमा बढीमा ७५ प्रतिशतसम्म मत खसेको बताउँदै निर्वाचनका क्रममा कुनै अप्रिय घटना नभएको स्पष्ट गर्नुभयो ।
यसअघि भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको थियो । सोका कारण वडा नं १९ मा पुनः मतदान गर्नुपरेको थियो । सो घटनापछि मतगणनामा देशका विभिन्न ठाउँमा तारजाली लगाउने गरिँदै आएको छ ।
जनकपुरधाम– निर्वाचनमा धनुषा जिल्लामा ७० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार शान्तिपूर्ण ढंगले सम्पन्न निर्वाचनमा शहरी क्षेत्रमा कम र ग्रामीण क्षेत्रमा अधिक मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार मतगणना शुक्रबार बिहान ८ बजेदेखि शुरू हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…