न्यूजब्यूरोकर्मी साह मोटरसाईकल दुर्घटनामा घाईते 

२०७८ जेठ २५ मंगलबार
बेलुकी ५:१८ बजे

न्यूज ब्यूरो, सिरहा । मोटरसाईकल दुर्घटनामा परी सँचारकर्मी विजय साह घाईते भएका छन् । न्यूज ब्यूरोका सिरहा स्ट्रीञ्जर रहेका साहलाई आज दिउँसो दुर्घटना भएको हो । 

क्रसर उद्योगको अनुगमनको क्रममा रिपोटिँग गरी घर फर्केने बेलामा उनलाई सिरहाको लहान नगरपालिका वडा नम्बर ६ राधाकृष्ण चोकस्थित मोटरसाईक दुर्घटना हुँदा घाईते भएका छन् । 

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल नेतृत्वको अनुमगन टोलीले जिल्लामा सँचालनमा रहेको क्रसर उद्योगहरुको स्थलगत अनुगमन गर्न गएका थिए । त्यहाँ सँचारकर्मी साह पनि रिर्पोटिँग गर्न पुगेका थिए । सोही क्रममा आउने क्रममा उनको दुर्घटना भएको हो । 

उनका स्थानीय एक क्लीनिकमा ११ वटा टाँका लगाइएको छ । सँचारकर्मी साहलाई टाउकोमा चोट लागेको छ भने उनको अवस्था भने समान्य रहेको उपचार सँलग्न चिकित्सकले जनाएको छ । 

घर फर्कने क्रममा बाटोमा अचानल बिरालोले बाटो काटन खोज्दा बिरालोलाई बचाउन खोज्दा मोटरसाईकल चिप्लेर दुर्घटना भएको जनाइएको छ । 

दुर्घटनापछि सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल , सशस्त्र प्रहरी एसपी दिपेश गिरि , पाल प्रहरीको एसपी सहितले उनलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । 

  • 5%
  • 0%
  • 1%
  • 0%
  • 90%
  • 3%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७८ जेठ २५ मंगलबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus