साउदीबाट नेपाल आउन चाहने नेपालीले यसरी आउन सकिन्छ
सूचनामा टिकटका लागि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीमा स्वयं व्यक्तिले नै सम्पर्क गर्नुपर्ने जनाइएको छ ।

२०७८ जेठ २३ आइतबार, बिहान ८:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीको क्रममा साउदी गएका नेपालीहरुले नेपाल आउन चाहेमा व्यवस्था मिलाएको जनाएको छ ।
साउदी अबरस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदी अरबबाट नेपाल जानसक्ने गरी व्यवस्था मिलाइएको जानकारी गराएको छ ।
दूतावासका अनुसार साउदी अरबबाट सोझै नेपाल जान उडान खोल्ने सम्बन्धमा अझै कुनै निर्णय भएको छैन तर नेपाल जान चाहने श्रमिकले कतार वा टर्की (कतार एयरवेज, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्स) बाट ट्रान्जिट मिलाएर फर्कन सकिने व्यवस्था गरिएको छ ।
सूचनामा टिकटका लागि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीमा स्वयं व्यक्तिले नै सम्पर्क गर्नुपर्ने जनाइएको छ ।
नेपाल सरकारले हाल नेपाल एयरलाइन्स, टर्किस एयरलाइन्स र कतार एयरवेजलाई साताको एक÷एक उडान सञ्चालन गर्न अनुमति दिएको छ
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…