कुटपिट भाइरल भिडियो प्रकरण : दलित युवकलाई कुटपिट गर्ने ३ पक्राउ
एक पुरुषले उनलाई लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको अरु धेरै मानिसले हेरिरहेका छन् ।

२०७८ जेठ २१ शुक्रबार, दिउँसो ३:५१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । दलित युवकलाई बाँधेर कुटपिट गरेको आरोपमा रौतहटमा ३ जना जना पक्राउ परेका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवानलाई कुटपिट गरेको आरोपमा वडा नम्बर ४ बस्ने राजदेब गिरी ,रन्जन गिरी र लालु सिहलाई पक्राउ गरिएको एसपी सिद्धि बिक्रम साहले बताएका छन् ।
ती युवकले स्थानीय छिमेकी एक नाबालिक लाई आफ्नो फोन नम्बर दिएर गाउँकै एक गिरि थर भएकी स्थानीय युवती सङ्ग कुरा गराउन प्रस्ताब गरेकोमा कुटपिट गरिएको गिरि पक्षको भनाइ छ।
उता, यो आरोप सारासर झुठ रहेको र आफ्नो छोरोलाई बिनाकारण दलित भए कै कारण कुटिएको भन्दै बिकासका बुवा शम्भु पासवानले न्याय पाउनु पर्ने बताएका छन् ।
“बिहिवार बिहानै म श्रीमती सङ्गै घरमै थिए ।राजदेब जिले फोन गर्नु भो ,गाउँ कै ठुलाबडाको फोन सम्झेर आफ्नो श्रीमतिले फोन उठाइन । फोनमा तिम्रो छोरालाइ म कहाँ पठाउ एउटा कुरा सोधनु छ भने । मैले सुतिरहेको छोरालाई गिरि जि कहाँ पठाए।म पछि पछि गए । छोरा जादा केही सोध्दै नसोधी विभिन्न झुठो आरोप लगाउदै बाधेर पिटियो । सबै जनाले तमासा हेरे । कति ले त भिडिओ रेकर्ड गर्दै थिए ।”– उनका बुवाले भने ।
छोराले मैले केहि गल्ती गरेको छैन भन्दा पनि हात खुट्टामा लाठी बर्साएको आरोप लगाउँदै पासवानले जबर्जस्ती गल्ती स्विकार गर भन्दै लाठी बर्साएको बताए ।
पछि प्रहरीले जादा भागेको पासवान दुःखेसो सुनाए। पिटाइले घाइते युवक पासवानको हातमा चोट लागेको छ।युवकले आफू बिना गल्ती पिटिएको भन्दै आफुलाइ न्याय मिल्नु पर्ने अडानमा छन् ।
बिहिबार खासै चर्चा नपाएको यो घटनाको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शुक्रबार प्रहरीले पनि घटनाबारे जानकारी पाए लगतै दुबै पक्षलाई बोलाइ कुटपिट गर्नेलाई हाल नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक ९एसपी० शिद्धिविक्रम शाहले उजुरीको आधारमा मुद्दा चल्ने बताएका छन् ।
युवक दलित समुदायको भएकाले गाउँका गैरदलितहरुले कुटपिट गरेको स्थानीयको दावी छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा पासवानलाई डोरीले बाधेर कुटपिट गरिरहेका छन् ।
एक पुरुषले उनलाई लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको अरु धेरै मानिसले हेरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…