चुरे मधेशको जग हो, चुरे पर्वत खन्नु भनेको मधेशको चिहान खन्नु होः डा. सिके राउत
स्मरणीय छ, जनमत पार्टीमा पदाधिकारीहरुदेखि लिएर कार्यकर्ताहरु समेत शिक्षित र बौद्धिक वर्गका मात्र रहेका छन् ।

२०७८ जेठ २१ शुक्रबार, दिउँसो ३:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले चुरिया पर्वत खन्नु भनेको मधेशको चिहान खन्नुझै रहेको बताएका छन् ।
चुरिया पर्वत उत्खननको कुरा एउटा नीतिको मात्रै नभएर समग्र नैसर्गिक प्रवृत्तिकै रहेको उल्लेख गर्दै उनले केही बाह्य शासकहरुले मधेशलाई चिहान खनी मधेशीलाई सोही चिहानमा धकेल्न खोजेको भाव झल्काएका छन् ।
“मान्छेले आफ्नो घरको जग खनेर कहिल्यै बेच्दैन, जसमाथि उसको घर नै ठडिएको होस्। मधेश हाम्रो घर हो भने चुरिया पर्वत त्यसको जग। चुरिया पर्वतलाई खनेर बेच्नु हाम्रो घर मधेशको चिहान खन्नु हो।”– उनले आफ्नो अधिकारिक फेसबुक पेजमा लेखेका छन् ।
केही अघि मधेश छिरेका बाह्य शासकहरूको लागि मधेश घर नभएको कारण उसको कुनै ऐतिहासिकता, भावना र ममता यहाँको माटोमा नजुडेकै कारण मधेशको जग भत्काउन खोजेको आरोप पनि लगाएका छन् ।
सरकारले बजेट भाषणको क्रममा नदीजन्य, चुरे पर्वत उत्खनन गरी गिटी, बालुवा भारतसम्म निकासी गरी व्यापार घाटा कम गर्ने नीति ल्याएपछि देशैभरिबाट विरोध झल्एिकपछि केहीदिन पछि मात्र डा. राउतले मुख खोलेका छन् ।
उनले लेखेका छन्,–“उनीहरूलाई दुख्तै–दुख्दैन। उनीहरूको लागि त मधेश फगत उपनिवेश हो, फगत एउटा साधनस्रोत हो, र जति सकिन्छ जहिले सम्म सकिन्छ उनीहरूले दोहन गरेर सिद्ध्याउने हो र फेरि नयाँ गन्तव्य, नयाँ साधनस्रोतको खोजीमा उनीहरू निस्किने हो।”
फिरंगी नाम त्यसै राखिएको होइन, एक पछि अर्को सभ्यतालाई नष्ट गर्दै ५०० वर्षको दौरानमा नै कश्मीर, कुमाऊँ, गढवाल, सिंजा, लमजुंग, गोर्खा, नेपाल, मधेश, सिक्किम, भूटान हुँदै वर्मासम्म पुगेका होइनन् ररु मधेशको सारा वनजंगल सिद्धाए, चुरे सिद्धाउँदैछन्, र बाँकी रहेको माटोपनि काटेर ईंटा बनाउन बेच्नेछन्। र हामी मधेश मरूभूमि भएसँगै सिद्धिने छौं, हुने त्यति हो। जुन समुदाय दासतामा रमाउँछ र संघर्ष गर्न सक्दैन, उसको विनाश हुन्छ नै। “सरभाइभल अफ फिटेस्ट” नियम नै हो।– उनले उल्लेख गरेका छन् ।
स्मरणीय छ, जनमत पार्टीमा पदाधिकारीहरुदेखि लिएर कार्यकर्ताहरु समेत शिक्षित र बौद्धिक वर्गका मात्र रहेका छन् । यस पार्टीमा डाक्टरदेखि ईन्जिनीयरसम्मका पदाधिकारीहरु रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…