जसपाका युवाहरुलाई तह लगाउनेलाई हामी नै तह लगाउँछौंं : पाण्डे

जनता समाजवादी पार्टीका युवाहरुलाई तह लगाउन जिम्मा प्रदेश इन्चार्ज झालाई जारी गरेको निर्देशन प्रति समाजवादी युवा संघको घोर आपती रहेको छ ।

२०७८ जेठ २१ शुक्रबार
दिउसो ३:०७ बजे
न्यूज ब्यूरो, डेस्क
तस्विरमाः बाँया राहुल पाण्डे र दायाँ सँजीव झा

न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी युवा सँघ जिल्ला कार्य समिति महोत्तरीका अध्यक्ष राहुल पाण्डेले नेकपा एमाले राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नैत द्वारा दिएको निर्देशनको सामना गर्न तयार रहेको बताएका छन् । 

देशका राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध बोल्ने जो कोहिलाई तह लगाउन र अरिँगाल सेनालाई निर्देशन जारी गरिएको जनाउँदै प्रदेश नं. २ मा जनता समाजवादी पार्टीले ओली सरकारको विरुद्ध बोले प्रदेश ईन्चार्ज सँजीव झाले चुनौति दिएपछि चुनौति स्वीकार गरेको बताएका छन् । 

“जनता समाजवादी पार्टीका युवाहरुलाई तह लगाउन जिम्मा प्रदेश इन्चार्ज झालाई जारी गरेको निर्देशन प्रति समाजवादी युवा संघको घोर आपती रहेको छ । खास गरि प्रदेश नं. २ मा प्रदेश इन्चार्ज संजीव झा को नेतृत्वमा जनता समाजवादीका युवा कार्यकर्तालाई तह लगाउने जुन प्रकारका समाचार र बिज्ञप्ती माध्यमबाट जानकारी पाएको छु । त्यसप्रति हाम्रो घोर आपती छ ।”– विज्ञप्तिमा उल्लेख छ । 

हामी शान्ति रुपमा र सभ्य ढंगबाट राजनितीक प्रतिस्पर्धा गर्ने हाम्रो संगठन रहेको बताउँदै राष्ट्रिय युवा संघको उच्छृँगल र उदण्ड गतिविधिहरु लाई हामिले राजनितिक न्यायको निम्ती कार्यहरुको प्रतिकार गर्ने चेतावनी पनि दिएको छ । 

पहिला राजनीतीक संस्कार शान्तिपुर्ण हिसाबले हामी त्यलाई सामना गर्न तयार रहेको बताउँदै अध्यक्ष पाण्डेले त्यसका बाबजुद सरकारले हामी माथि आक्रमक, प्रत्याक्रमक र राजनितिक मागलाई दवाउन प्रयास गर्छ भने समाजवादी युवा संघ प्रदेश कमिटि र जिल्ला कमिटी जस्तो सुकै परिस्थीतिको र परिस्थीतिमा सामना गर्न र चुनौती स्वीकार गर्न तयार रहेको बताइएको छ । 

  • 2%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७८ जेठ २१ शुक्रबार

Bureau Menus