सरकारले यस्तो गर्यो भने कोरोनाको तेस्रो चरणको लडाइ सहज हुनेछ

२०७८ जेठ २१ शुक्रबार
बिहान ११:५५ बजे
नविन यादव

नेपालमा अहिले कोरोनाले आक्रान्त मचाएको छ । अस्पतालहरुमा बेडको चरम अभाव छ । अक्सिजनको मारामार छ । धेरैजसो विरामी होम आइसोलेसनमा छन् । आसीयू भेन्टिलेटरको अभाव छ । नत जनताले भ्याक्सिन नै लगाउन पाएका छन् ।

हामी पहिलो र दोस्रो दुबै चरणको कोेरोना लहरमा असफल सावित भइसकेका छौं । कारण एउटै छ – हाम्रो ध्यान आउने संकटको लागि गर्नुपर्ने पूर्वतयारी तर्फ जान सकेन । यसकारण हालसम्म हजारौं हजार अर्थात् ७ हजारभन्दा धेरैै मानिसले ज्यान गुमाइसके । अझै धेरै मानिसले ज्यान गुमाउने छन्, धेरैले आफन्त गुमाउने छन् ।

कोरोनाको पहिलो लहरमा हामीले मास्क, स्यानिटाइजर, आइसोलेसन सेन्टर, क्वारेन्टाइन अभाव खेप्नुपर्यो । यस्तै, दोस्रो लहरमा हामीले अक्सिजन, आइसीयू, भेन्टिलेटरको चरम अभाव खेपिरहनु परेको छ । 

तर, तेस्रो लहरमा भने हामीले हाम्रो ज्यान जोगाउनका लागि नै अहोरात्र खटिरहेका अहिलेका महामानव अर्थात् चिकित्सककै अभाव खेप्नुपर्नेछ । हामीले सम्भावित तेस्रो चरणको कोरोना लहरमा डाक्टर, नर्स, पारामेडिकलहरुकै अभाव खेप्नुपर्ने सम्भावना प्रबल छ । किनभने, दिनहुँ जसो हामीले ४–५ जना स्थास्थ्यकर्मी गुमाएका छौं ।

अर्को, यस्तो परिस्थितीमा पनि स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भइरहेको छ । यस्तो अवस्थामा राज्यले चिकित्सकहरुको मनोबल बढाउने काम गर्नुपर्ने हो । तर, राज्यले चिकित्सकको सम्मानका लागि गम्भीर देखिँदैन । अस्ती भर्खरै भेरी अस्पतालमा भएको स्वास्थ्यकर्मी दुव्र्यवहार घटनामा राष्ट्रपतिले गरेको ट्वीट विवादमा पर्यो । उनले दुव्र्यवहार घटनामा संलग्नहरुको कारवाही होइन, घटनामा संलग्नहरुको प्रोत्साहन गर्ने खालका ट्वीट गरेकी थिइन् ।

पहिलो लहरमा धेरैजसो विरामी ज्येष्ठ नागरिक थिए भने दोस्रो लहरमा सबै उमेरको भएता पनि धेरैजसो युवा र अधवैसे उमेरका थिए । पहिलो चरणमा ज्येष्ठ नागरिकहरुलाई कोरोना भ्याक्सिन लगाइयो । दोस्रो चरणमा युवाहरुले लगाउँदैछन् । 

पहिलो चरणमै सबै उमेर समूहका नागरिकलाई खोपमा प्राथमिकता नदिइएकै कारण दोस्रो चरणमा हामीले झन् विपत् खेपिरहनु परेको छ । डब्ल्यूएचओले १८ वर्षभन्दा मुनिका बालबालिकालाई खोप लगाउन भनेको छैन । यसकारण तेस्रो चरणको लहरमा बालबालिका समूह जोखिमको रेखा मुनि रहने सम्भावना ज्यादै छ ।

उनीहरुको उपचारको लागि अहिलेको जनशक्ति पर्याप्त छैन । हालको जनशक्तिले त्यो सम्भावित कहर धान्ने स्थिति देखिँदैन । किनभने, बालबालिकाको उपचार र केयर त्यति सहज छैन, गाह्रो छ । साथसाथै तेस्र्रो लहरमा औषधिको अभाव पनि हुने निश्चित छ ।

नेपालमा कोरोनाको तेस्रो लहर माघ फागुन तिर आउने सम्भावना छ । अन्य देशहरुमा तेस्रो लहर सुरु भइसक्यो । तयारीको अभावमा विकसित मुलुकहरु टाउकोमा हात राख्न परिरहेको छ । विदेशी मुलुकरुको तुलनामा हामी फिक्का जस्तै छौं । त्यसकारण हामीले तेस्रो चरणको लहरसँग लड्न पूर्वतयारी गरेनौं भने हामीलाई भारी पर्ने निश्चित छ, हामी ठूलो क्षति व्यहोर्नुपर्नेछ । 

तर, हामीले तेस्रो चरणको तयारी कहाँ हो कहाँ, अहिले चलिरहेको दोस्रो चरणको महामारी नियन्त्रणभन्दा पनि सरकार कुर्सीको खेलमा व्यस्त छ । नेतृत्वहरुले कुर्सीका लागि मारामार गर्दैैछन् । सरकारले चुनाव घोषणा गरिसकेको छ । यस्तो महामारीका बेला सरकारले जनताको ज्यान जोगाउन तल्लिन हुनुपर्नेमा उनीहरुलाई घृणित राजनीति नै प्यारो छ । यो विडम्बना हो । सरकार जनस्वास्थ्यप्रति गम्भीर हुनैपर्छ ।

यसकारण, हामीले सानो बच्चाका आमाबाबुलाई खोपको प्राथमिकतामा राख्नुपर्छ । अर्को, जो चिकित्सक पीजी परीक्षा कुरिरहेका छन्, उनीहरुलाई खटाउनका लागि सरकारले त्यो वातावरण बनाइदिनुपर्छ । सरकारले उनीहरुप्रति उद्धारता देखाउनुपर्छ । महामारीको लडाईमा काम गरेका चिकित्सकहरुलाई पीजीमा आवेदन दिँदा निश्चित अंक थपको व्यवस्था मिलाइदिनुपर्छ । 

यस्तै, चिकित्सकीय पढाइ सकेर परीक्षा कुरिरहेका सबैलाई समेत सरकारले मैदानमा उतार्नुपर्छ । उनीहरुलाई कि त स्वास्थ्य मापदण्ड तोकेर परीक्षा गराइ यो लडाइमा उतार्नुपर्यो अथवा परीक्षा पछि लिने गरी मैदानमा खटाउनुपर्यो । यसो भइदियो भने हामीले अहिले जुन चिकित्सकको अभाव खेपिरहेका छौं, त्यो अभाव यसरी केहि हद्दसम्म न्यूनिकरण गर्न सकिन्छ ।

त्यस्तै, एउटा चिकित्सकले हजारौं सर्वसाधारणको ज्यान जोगाउँछन् । तर, कतिपय चिकित्सक उपचार अभावकै कारण ज्यान गुमाउँदैछन् । यसका लागि पनि सरकार गम्भीर हुन जरुरी छ । सरकारले चिकित्सकहरुका लागि डेडिकेटेड अस्पतालको व्यवस्थापन गरिदिनुपर्छ । यसो भइदियो भने चिकित्सकले उचित उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्दैन । अन्त्यमा, सरकार गम्भीर बनोस्, सरकारका लागि जनता प्राथमिकतामा परोस् ।


नविन यादव, एमबीबीएस (चौथो वर्ष)

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाम नगर स्तरीय प्रतियोगितामा सुपर सेन्सको कब्जा 

  • २०७८ जेठ २१ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाद्धारा आयोजित हाजिरी जवाफ प्रतियोगिता २०७७ मा त्यहाँ स्थितको सुपर सेन्स बोर्डिङग स्कूलले प्रथम स्थान हाँसिल गरेको छ ।  नगरपालिकाद्धारा आयोजना गरिएको सो अन्तर माध्यमिक

पूरा पढ्नुहोस्

Bureau Menus