मुख्यमन्त्रीका स्वकीय सचिवले आफ्नै पार्टीका नेता विरुद्ध जथाभावी बोल्नु सुहाएन : नेता साह 

२०७८ जेठ १९ बुधबार
रति ८:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य सँजय कुमार साहले जीतेन्द्र यादव हैसियतभन्दा बढी बोल्न थालेको भन्दै आपत्ति जनाएका छन् । 

महन्थ ठाकुर नजिक मानिएको जसपाका केन्द्रीय सदस्य डा. सुरेन्द्र झाको बारेमा दिएको वक्तत्वप्रति उनले ध्यानाकर्षण गर्दै यादवले यसरी आवेग र भावनामा बोलेर झन पार्टीलाई धक्का पुरयाउने गरेको आरोप साहको छ । 

सहकारी बिज्ञ समेत रहेका नेता साहले डा. सुरेन्द्र झा राजनीतिमा अब्बल रहेको बताउँदै दुवै जनाले आ–आफ्नो ठाउँबाट सँयमता अपनाएर यसरी उदण्डता प्रकट नगर्न आग्रह गरेका छन् । 

न्यूज ब्यूरोसँगको कुराकानीमा नेता साहले समाचारहरुमा आएको डा. झा र मुख्यमन्त्रीका स्वकीय सचिव जीतेन्द्र यादवको जुहारीको सन्दर्भमा समाजिक सँजालमा यसरी दोहोरी नखेली पार्टी एकता जोगाउन तर्फ उन्मुख हुनुभन्दा फुटाउनुतर्फ लागेकोप्रति दुःख जनाए । 

उनले अन्य दलहरुले जसपा फुटको प्रतीक्षा गरिरहेको अवस्थामा आफैंमा पार्टीभित्रैको आन्तरिक द्धन्द्धका कारण झन समस्या बढदै गएको बताए । उनले जीतेन्द्र यादवलाई समाजिक सँजालमा जथाभावी नलेख्नको लागि आग्रह पनि गरे । उनले राजनीतिक भावना र आवेगले नभई तार्किक हिसाबले गर्नुपर्ने सल्लाह दिए । 
 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सन्नु कुमार, ज्ञानु यादव लगायतका गायकहरुलाई 'खेसारी लाल यादव' कै हालत हुन्छ !

  • २०७८ जेठ १९ बुधबार

अहिले जताततै डिजे बाजामा बज्ने गीतहरु प्रायः दोहोरो अर्थ लाग्ने खालका गीतहरु सुन्न पाईन्छ । पहिले गायकले गीत गाउँदा मन नपरे कान थुन्नुपर्ने अवस्था थियो भने अहिले नाकभन्दा माथि जान

पूरा पढ्नुहोस्

Bureau Menus