'झा' लाई 'यादव' को चुनौति
अहिलेको लागि यति मात्र पार्टीमा हैसियत उसैको हुन्छ जसले पार्टीको विधान,नियमावली,निर्णय र निर्देशन मान्ने व्यक्ति हुन्छ।”– उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

२०७८ जेठ १९ बुधबार, बेलुकी ५:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेता महन्थ ठाकुर नजिक एवम् जसपाका केन्द्रीय सदस्य सुरेन्द्र झालाई प्रदेश २ मुख्यमन्त्रीका स्वकीय सचिव जीतेन्द्र यादवले खुल्ला बहसको चुनौति दिएका छन् ।
मुख्यमन्त्री लालबाबू राउतका स्वकीय सचिव यादवले केन्द्रीय सदस्य सुरेन्द्र झालाई हैसियतको बारेमा राजनीतिक बहस गर्न चुनौति दिएका छन् । झाले महन्थ ठाकुर र उपेन्द्र यादवलाई हैसियत तुलना गरेपछि सो विषयमा बहस गर्न चुनौति दिएका छन् ।
“सुरेन्द्र झा जीलाई मेरो खुल्ला चुनौती, हैसियत कसलाई भन्छ तपाईं संग म राजनीतिक बहस गर्न तयार छु । अहिलेको लागि यति मात्र पार्टीमा हैसियत उसैको हुन्छ जसले पार्टीको विधान,नियमावली,निर्णय र निर्देशन मान्ने व्यक्ति हुन्छ।”– उनले आफ्नो फेसबुकमा लेखेका छन् ।
केन्द्रीय कार्यकारीणि समितिको निर्णय नमान्नेलाई हैसियतवाला व्यक्ति मान्ने हो त ? भन्ने प्रश्न तेर्साउँदै यादवले महन्थ ठाकुरलाई अध्यक्षको हैसियतमा बसि लेटरप्याड फर्जी प्रयोग गर्ने , चलानी नम्बर फर्जी लेख्ने, सहमति गरि धोखा दिने ,पार्टी फोड्न विपक्षी संग साँठघाट गर्ने व्यक्ति बताएका छन् ।
उनले हैसियतबालाले भनाउँदाले पार्टीको लेटरप्याडमा जारी गरेको विज्ञप्ति केन्द्रीय कार्यालय बालकुमारी, काठमाण्डौं रहेकोमा चलानी नम्बर खाता सोही कार्यालयमा रहेकोले सत्य तथ्य जाँचबुझ गरी हैसियत देखाइ दिन चुनौति समेत दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…