जनकपुरमा फेरी लकडाउन थपियो, किताब ढुवानी गर्न पाइने तर पसल ?
सोही क्रममा पत्रकारहरुलाई अधिकारिक निकायबाट जारी गरिएको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने भनिएको छ ।

२०७८ जेठ १७ सोमबार, बेलुकी ६:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले धनुषामा पुनः ७ दिनको लकडाउन, निषेधाज्ञा बढाएको छ ।
सोमबार बसेको सुरक्षा समितिको बैठकबाट धनुषाजिल्लाभरि नै आगामी २४ गतेसम्म लकडाउन लम्ब्याइएको बताइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धु प्रसाद बास्तोलाले न्यूज ब्यूरोसँग कुराकानी गर्दै आगामी २५ गतेसम्म अवस्था हेरेर केही खुकुलो बनाउने सम्भावना रहेको बताए ।
यसअघि जारी गरिएको मापदण्डहरु लागू नै राख्ने जनाउँदै उनले किताब पसल खोल्ने सन्दर्भमा किताब ढुवानी गर्न पाउने व्यवस्था मिलाएको बताए । नयाँ शैक्षिक सत्र आउन थालेको बताउँदै उनले किताब ढुवानी गर्न छुट दिएको बताए ।
उनले किताब पसल खोल्न दिइने एक जिज्ञासामा किताब ढुवानीको कुरामा मात्र गरिएको जनाउँदै पसल खुलेपछि भीडभाड बढन सक्ने बताउँदै पसल तत्कालको लागि बन्दै राखिएको बताए ।
यसैक्रममा बिहे, व्रतबन्धमा १५ जनासम्म मात्र सहभागी हुन आग्रह गरिएको छ । सोही क्रममा पत्रकारहरुलाई अधिकारिक निकायबाट जारी गरिएको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने भनिएको छ ।
लकडाउन र निषेधाज्ञाको प्रभाव जनकपुर क्षेत्र लगायत शहरी क्षेत्रमा मात्र देखिएको छ । गाउँस्तरमा कोरोना भाइरसको कुनै शँका र डर नै नरहेको देखिएको छ । जनकपुरमा प्रहरीले पनि कडाई गरेपनि गाउँस्तरमा कुनै पनि ठाउँमा चेकजाँच वा कडाई नगर्दा सँक्रमण झन फैलिँदै गएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…