न्यायलयको धज्जी उडाउने खलनायक ओलि भन्दा पहिला शेरबहादुर देउवा 

२०७८ जेठ १६ आइतबार
बिहान ०७:०७ बजे
रजनीश साह

न्यायलयको धज्जी उडाउने खलनायक ओलि भन्दा पहिला  शेरबहादुर देउवा हुन । न्यायिक सर्वोच्चता मान्ने कांग्रेसको आदर्शलाई कुल्चेर बाहलवाला मन्त्रीलाई भ्रष्टाचारको आरोपमा जेल चलान गरेबापत देउवाले माओवादी सँग मिलेर तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव लगाए।२०५६ सालको निर्वाचनबाट बनेको संसद्लाई तीन वर्षमै विघटनको सिफारिस गर्दै प्रजातन्त्र दरबारमा बुझाए । 

यो देउवाले गरेको इतिहासकै ठूलो र सच्याउनै नसक्ने गल्ती थियो । २०५९ असोज १८ र २०६१ माघ १९ मा दुवैपटक प्रजातन्त्र अपहरण हुँदा देउवा नै मुलुकको कार्यकारी प्रमुख थिए ।

२०५८ मंसिरमा सरकार(माओवादी वार्ता भंग भएपछि देशमा संकटकाल लगाएर माओवादीलाई आतंककारी घोषणा गर्दै नियन्त्रणका लागि “आतंककारी तथा विध्वंशात्मक अपराध नियन्त्रण तथा सजाय अध्यादेश” जारी गरेर २०५९ वैशाखमा प्रचण्डसहित वरिष्ठ नेताको ५० लाख, पोलिटब्युरो सदस्हयहरूको ३५ लाख र केन्द्रीय सदस्य तथा अन्य प्रभावशाली नेताहरूको २५ लाख टाउकोको मूल्य तोकि इन्टरपोलमा रेड कर्नर नोटिस समेत जारी गर्यो । 

अहिले आफ्नै टाउकाको मूल्य तोक्ने तिनै देउवालाई माअ‍ोवादीहरूले काँध थाप्दै प्रधानमन्त्रीको कुर्सीमा दोस्रो पटक बसाउन खोज्दैछ ।

देउवा संकटकालका संवाहक हुन

२०५८ सालमा देउवा प्रधानमन्त्री हुँदा माओवादी दबाउन ब्यापक सेना परिचालन सहित मुलुकमा पहिलोपटक संकटकाल घोषणा भएपछि माओवादी देशब्यापी रुपमा फैलियो । तर देउवाको धेय भनेको माओवादी दबाउने भन्दा नि ठूलो मात्रामा हातहतियार खरिद गर्दा प्राप्त हुने मोटो रकमै थियो ।

२०५२ साल माघमा ४० बुँदे ज्ञापनपत्र बुझाएर फागुन १ गतेबाट माओवादीले हतियार उठाएर सशस्त्र युद्धको शुरुवात उनकै प्रधानमन्त्रित्व कालमा गरे । बिडम्बना, आज तिनै माओवादीले शेरबहादुर देउवालाई दोस्रो पटक प्रधानमन्त्री हुन अफर गरेको छ।

सत्ताको परीक्षामा पटकपटक फेल भइसकेको शेरबहादुर देउवालाई प्रचन्ड(माकुने(बाबुरामले बोक्नु भनेको महामारीको बेला कुर्सी मोह बाहेक अन्य केही हैन । 

प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने सन्दर्भमा होस् वा प्रहरी संगठनभित्र भाँडभैलो मच्चाउने, विधिको शासनभन्दा बहुलट्ठी शासन कायम गर्ने र सत्ताका निम्ति न्यूनतम राजनीतिक मूल्य, मान्यताहरूलाई विसर्जन गर्ने कार्यमा देउवाले नेपथ्यमा रहेर गरेका हर्कतहरू नै उनको परिचय हो।

पहिलो कार्यकालमै देउवाले सत्ता टिकाउन समिट होटलदेखि काठमाडौंका महँगा होटलहरूमा सांसदहरूलाई थुनेर राख्ने र पैसाको मोलमोलाइ जस्ता अनेक हर्कत गरे । सांसदहरूलाई बैंकक पुर्याउने कार्य पनि भयो। जसले सिंगो प्रजातान्त्रिक व्यवस्थालाई नै बदनामको धुरीमा पुर्याए ।


रजनीश साह
युवा अभियन्ता

  • 14%
  • 77%
  • 5%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेशमा फेरी थपिए तीन नयाँ मन्त्री

  • २०७८ जेठ १६ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारको मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । विहिबार एक समारोहबीच नव नियुक्त मन्त्रीहरुलाई सपथ खुवाइएको हो ।  मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका

पूरा पढ्नुहोस्

Bureau Menus