जनकपुरको स्वर्गद्धारीमा लास जलाउन महँगो, प्रति लास १७ हजारसम्म लिँदै
सोही सन्दर्भमा चर्चित समाजसेवी एवम् स्वर्गद्धारीका अध्यक्ष पवन सिँघानीयाले जनकपुरको स्वर्गद्धारीमा लास (शव) जलाउन आजसम्म कुनै पनि शुल्क नलिएको

२०७८ जेठ १३ बिहीबार, बिहान ८:३२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित स्वर्गद्वारले शव व्यस्थापनको लागि दाउरा लगायतका समाग्रीको नाममा प्रति शव १४ देखि १७ हजार रुपैयाँ लिने गरेको पाइएको छ ।
समान्य दिनमा बढीमा १० हजार सम्म शुल्क लिने स्वर्गद्वारले कोरोनाको महामारी बढेसँगै व्यवस्थापनको लागि दाउरा,खर, गोईठा, घ्यु लगायतका समाग्रीको लागि प्रति शव १४ देखि १७ हजार सम्म लिने गरेको पाईएको छ ।
कोरोना कालमा दाउरा लगायतका समाग्री महङगो भएको भन्दै समितिले चर्को मुल्य लिई शव व्यवस्थापन गर्दै आएको छ । स्र्वादारको ठेक्का लिएका जनकपुरका जबाहर शर्माले भने,‘ कोरोना कालमा सबै समाग्री महङगो छ, दाउरा पाईरहेको छैन, गाउँ गाउँ घुमेर दाउराको जोहो गर्नुपर्छ, खर पनि सबै ठाउँमा पाईदैन, फेरि कोरोनाबाट मृत्यु भएको शव व्यवस्थापन गर्नपनि जोखिमपूर्ण काम हुन्छ । त्यसकारण अहिले विगतदेखि अलि बढी रकम लिनुपर्ने बाध्यता छ ।’
मासिक साढे ७ हजारमा स्वर्गद्वारीको ठेक्का लिएको भन्दै उनले भने,‘ समान्य दिनमा हप्तौ सम्म शव आउदैनन, अहिले दैनिक औसत ६ वटा सम्म शव आउने गरेकोले स्टापपनि बढी राख्नुपरेको छ ।’
कमाई भन्दा आफुले समाजिक कार्य गरिरहेको दावी गर्दै उनले भने,‘ कमाई भन्दापनि यो रिक्सको काम हो, २४ औ घण्टा यसको रेखदेख गर्नुपर्छ ।’ वेवारिशे तथा अति गरिव विपन्नलाई निःशुल्कमा पनि दाहसंस्कार गर्दै आएको उनले दावी गरे । मृतका परिवारजनले दाउरा लगायतका समाग्री आफैँ व्यवस्थापन गरेको खण्डमा कुनै शुल्क नलाग्ने उनले बताए ।
मंगलवार मात्रै जनकपुरका–१६ का एक व्यक्तिले स्वर्गद्वारमा बुवाको शव व्यवस्थापन गर्न जादा १५ हजार खर्च भएको बताए । उनले भने,‘ बुवाको उपचारका लागि लाखौ रुपैयाँ अस्पतालमा खर्च गर्यौ । तर पनि बचाउन सकेन, अन्तिममा दाहसस्कार गर्दा पनि चर्को शुल्क तिर्नुपर्यो ।’
कोरोना कालमा एक त आमजनताको कमाई धमाई सबै बन्द छ, घरपरिवारको दैनिक गुजारा गर्नपनि धौधौ छ, लाखौ रुपैयाँ ऋण गरेर उपचार गरायौ । त्यसमा पनि बुवालाई जोगाउन सकेनौ, अन्तिममा दाहसंस्कारपनि चर्को शुल्क तिर्नुपर्दा पीडामा पीडा थपिन जान्छ ।’
कोरोना कालमा शव व्यवस्थापन निःशुल्क वा आफु खुसी दिने व्यवस्था हुनुपर्ने उनले बताए । जनकपुरका समाजसेवी पवन सिंघानियाले चन्दा संकलन गरेर उक्त स्वर्गद्धार निर्माण गरेका छन् ।
तर कोरोना कहरमा आर्थिक समस्यामा रहेका आमजनतासँग चर्को शुल्क लिई व्यवस्थापनको नाममा चर्को मुल्य लिनु दुःखद रहेको सर्वसधारणको भनाईलाई उदृत गर्दै आजको जनकपुर टुडेमा समाचार प्रकाशित छ ।
यता, सोही सन्दर्भमा चर्चित समाजसेवी एवम् स्वर्गद्धारीका अध्यक्ष पवन सिँघानीयाले जनकपुरको स्वर्गद्धारीमा लास (शव) जलाउन आजसम्म कुनै पनि शुल्क नलिएको बताएका छन् ।
उनले शव जलाउन आउनेले दाउरा, घीउ वा अन्य समाग्री वापत तिर्नुपर्ने प्रावधान अनुसार नै सो बाहेक अन्य कुनै पनि शुल्क नलिने गरेको दाबी गरेका छन् ।
उनले भने, –“स्वर्गद्धारीमा लास जलाउने वापत आजसम्म कुनै पनि शुल्क लिएको छैन् । अब त्यहाँ स्टोर गरिएको दाउरा सहित सँस्कारको अन्य समाग्री किन्नेले त रकम तिर्नुपर्छ, आफ्नै घरबाट ल्याउनेले कुनै पनि शुल्क तिर्नुपरेको छैन् ।”
उनले कोरोनाको महामारी भएको बेला शव जलाउने स्वर्गद्धारीका कर्मचारीलाई स्वेच्छाले कोही १ हजार त कोही पन्ध्र सय रुपैयाँ दिने गरेको बताए ।
सोही क्रममा उनले बेबारिसे लासलाई आफ्नो व्यक्तिगत खर्चमा दाहसँस्कार गर्ने गरेको बताउँदै सिँघानीयाले अस्पतालको करिब दर्जनौ लासलाई आफ्नो खर्चमा दाहसँस्कार गरेको सुनाए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…