५ हजार जनालाई समाजसेवी अन्जु झाको फ्रि सीम कार्ड र मोबाईल सेट, स्थानीयहरु दँग
अब कृषकहरुले पनि अनिवार्य मोवाइलको प्रयोग गरि मोवाइलबाटै ग्राहक खोज्न सक्ने क्षमतामा बृद्धि गर्नु पर्नेमा उनको जोड छ।

२०७८ जेठ १३ बिहीबार, बिहान ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट १२ जेठ । रौतहट कृषक महिलाहरुलाई समाजसेवी अन्जु झाले निशुल्क मोवाइल सेटसहित सिम वितरण गरेकी छिन् ।
रौतहट क्षेत्र नम्बर–२ इशनाथ नगरपालिका सहित सो क्षेत्रका विभिन्न नगरपालिकाका ५ हजार कृषक महिला दिदिबहिनीहरुलाई बुधबार एक कार्यक्रमका साथ निशुल्क मोवाइल सेटसहित सिम वितरण गर्ने अभियानको संचालन गरेकी हुन् ।
कृषक महिलाहरुलाई सञ्चार क्षेत्र बाहिर रहदा बजारीकरणमा समस्या रहेको र सहज बजारीकरणको लागी सञ्चारको पनि महत्वपुर्ण भुमिका रहेको सामजसेवी झाले बताइन।
अन्य ब्यावसायीहरुलाई अनिवार्य मोवाइलको प्रयोग गर्दै आएको तर कृषकहरुले भने मोवाइल प्रयोग नगर्ने परम्पराले कृषकहरुको तरकारी, फलफुलहरु खेतमा नै कुहिने गरेको समेत झाले टिप्पणी गरिन।
अब कृषकहरुले पनि अनिवार्य मोवाइलको प्रयोग गरि मोवाइलबाटै ग्राहक खोज्न सक्ने क्षमतामा बृद्धि गर्नु पर्नेमा उनको जोड छ। कृषकहरुले पनि अब मोवाइलको प्रयोगले आफ्नो खेतमा उत्पादन गरिएका खाद्यान्न , तरकारी तथा फलफुलहरु बिक्रि गर्न सहज हुनेमा कृषकहरुमा विश्वस्त भएको बताइन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…