मधेश स्वाभिमानको शसक्तिकरण
किनभने मधेशको स्वाभिमानलाई मधेशले नै शसक्त बनाउनु पर्छ। मधेशको स्वाभिमानको शसक्तिकरण मधेशीले नै गर्ने हो। हिमाल वा पहाडले कदापि गर्दिने होइनन्। त्यसकारण जुन सुकै कुरामा पनि काठमाडौंको आश गर्नु मधेश र मधेशीलाई कमजोर पार्नु हो।
२०७८ जेठ १० सोमबार, बिहान ८:४९ बजे४ मिनेट पढाइ

मधेश र मधेशी प्रति जुन किसिमले यस देशमा घृणा फैलिएको छ। त्यसको जिम्मेवार एउटा मधेशी नै हो। र मधेश र मधेशीको प्रतिको त्यो घृणालाई इज्जतमा परिवर्तन गर्न एउटा मधेशीले नै गर्नु पर्छ।
यू-टुब र सामाजिक संजालमा भाइरल एउटा नेपाली गित " म नि नेपाल आमाको सन्तान हो।" भाइरल भएकोछ। यस गितले राष्ट्रप्रति राष्ट्रियता कतिकोछ भन्ने एकजना मधेशको केटाले काठमाडौंमा अध्ययनको क्रममा रहदा भोगेको दुख संगितका माध्यमले पोखेका छन्। यस गितमा कतिको अपनत्व राष्ट्रप्रति राखेको छ।
३०० किलो मिटर राजधानीबाट टाढा रहेको एक मधेशीले आफ्नो राष्ट्रलाई कतिको माया गर्दछ भनि राज्यलाई ध्यानाकर्षण समेत गराएको बुझ्न सकिन्छ। हामी बच्चाको देखि नै र रेडियो, टिभी र किताबमा पढदै सुन्दै आएका छौ। " हिमाल पहाड तराई कोइ छैन पराई।" त्यसतै नेपाली गित तराई मधेशमा बाढी आए हिमालले छेकनु पर्छ भनि सुन्दा सुन्नमा एकदमै राम्रो लाग्दछ तर के साच्चिकै गित र भनाइमा जस्तै व्यवहारमा छ त?
तराईमा हावाहुरी/बाढी पहिरो आउदा सरकारको ध्यान किन पुग्न सक्दैन? हिमाल पहाड तराई कोई छैन पराई तर काठमाडौँमा ९० बर्षकी आन्टीले १० बर्षको मधेशमूलको बच्चालाई भैया कुन मनसायले बोलाउने गर्छन्? यस भैया भित्रको मनसाय के?
मधेश नेपालको महत्वपूर्ण भाग हो। नेपाललाई ७ प्रदेशमा विभाजन गरे पनि हिमाल पहाड र तराई सधैंको रहने देखिन्छ। तराई मधेस भारतको बिहार यूपी सिमाना संग जोडिएको छ। सिमानाका जोडिदा तराईको सिमानामा बसेको मधेसी मूलका नेपालीको पहुच काठमाडौं भन्दा भारतको बिहार यूपी नजिक देखिन्छ।
काठमाडौं ३०० किलोमिटर र बिहार यूपी पाइला राख्दै पुग्ने हुदा पनि मधेशी र मधेशको सेन्टिमेन्ट भारतसंग जुडडा अन्यथा कदापि लिनु हुदैन्थ्यो। काठमाडौंबाट कुनै पनि किसिमको सामान खरिद बिक्री गर्न जति अपठ्यारो हुन सक्छ त्यति बिहार यूपीबाट नहुन सक्ने प्रष्ट छ। बिहार यूपी नजिक हुदा भाषा , संस्कृति र पहिरन मिल्नु पनि त्यति नै स्वभाविक हुन्छ।
राष्ट्रियतामाथिको प्रश्न:- काठमाडौंले मधेश र मधेशीलाई जहिले पनि संकटको नजरले देख्नु राष्ट्रको दुर्भाग्य नै हुन सक्छ।तर संकटको नजरले नदेख्नु पनि राष्ट्रको हितको लागि त्यति नै खतरा हुन सक्छ। तर कुन ठाउँमा संका गर्ने नगर्ने एउटा ठाउँ सिमित रहेकोछ। सामान्य दृष्टिकोणले हेर्ने हो भने कुनै पनि देशमा दुइ किसिमको नागरिक हुन्छ । एउटा नागरिक र एउटा अनागरिक।
त्यसतै नै मधेशमा दुई किसिमको नागरिक रहेकाछन् एउटा शुद्ध मधेशी र एउटा adopted। जसलाई अशुद्ध मधेशी भन्नु उपयुक्त नदेखे पनि वास्तविकता त्यहि नै हुन्छ। किनभने एउटा शुद्ध मधेशीले जति आफ्नो देशलाई जति माया गर्न सक्छ त्यति एउटा adopted (अशुद्ध मधेशीले कदापि गर्न सक्दैन र गरेको पनि छैनन्।
जसको जल्दोबल्दो उदाहरण सरिता गिरीलाई समेत लिन सकिन्छ।यस्ता चान-चुने र अपवादको उदाहरणले नै पूरा मधेश प्रति काठमाडौँले देख्ने र सोच्ने नजरिया फरक बनाएको देखिन्छ। हुन त काठमाडौंले पनि पहिले भन्दा अहिले मधेशलाई सुधारात्मक रुपमा साकारत्मक नै लिएको छ र साकारत्मक लिनुको कारण मधेशीको व्यवहार समेत रहेको देखिन्छ।
काठमाडौंले मधेश र मधेशीलाई जति स्वीकार्नु पर्ने हो त्यति अहिले सम्म स्वीकार गरेको छैन। उदाहरणमा महन्थ ठाकुरलाई विशेष समुहले प्रधानमन्त्रीमा स्वीकार नगर्नु पनि लिन सकिन्छ। जबकि ठाकुर जि हर-तवरले सक्षम देखिन्छ।
एउटा मधेशीलाई काठमाडौँले स्वीकार नगर्नु र मधेश प्रति बढेको नकारात्मक सोच र प्रभावलाई एउटा मधेशीले नै हटाउनु पर्छ। किनभने मधेशको स्वाभिमानको रक्षा जति एउटा मधेशीले जति गर्न सक्छ त्यति एउटा अशुद्ध मधेशी वा काठमाडौंले गर्न सक्दैन।
सिमानाकामा दिनरात बस्ने मधेशीले जति सीमा रक्षा गर्न सक्छ त्यति एउटा अशुद्ध मधेशी र काठमाडौंले कदापि गर्न सक्दैन।त्यस्तै आफ्नो देश भित्रको समस्यामा आफ्नो सरकार विरुद्ध जति बोले पनि जब आन्तरिक बाहेक राष्ट्रको सार्वभौमसत्ता र अखण्डताको सवालमा सबै हिमाली, पहाडी र मधेशीले एक हुनु त्यति नै महत्व राख्दछ जति एउटा आमा विरामी हुदा सबै सन्तान दुखि र चिन्तित हुन्छन्।
राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकता र स्वाभिमानको सवालमा यदि मधेश र मधेशीले एक भए स्वत काठमाडौंको नजरिया फेर्नेछ। किनभने राज्यले मधेश र मधेशीलाई नकारात्मक नजरले देख्नु मा मधेश र मधेशीको त्यति नै भूमिका रहेको तत्कालैको जसपा उपेन्द्र यादव र महन्थ ठाकुर अलग अलग किताको समर्थनलाई पनि लिन सकिन्छ।
र अर्को किसिम केही व्यक्तिको व्यक्तिगत नकारात्मक सोच र भूगोल, रङ्ग, जातजाति, धर्म संस्कृति, र परम्परा प्रति प्रतिगामी सोच वंशानुगत नै रहेको छ। संघीयता आए पश्चात मधेशको स्वाभिमानलाई शसक्त बनाउने जिम्मा पनि मधेशलाई नै छ।मधेशले चाहे आफ्नो स्वाभिमानलाई सगरमाथाको उचाई सम्म लैजान सकिन्छ।
किनभने मधेशको स्वाभिमानलाई मधेशले नै शसक्त बनाउनु पर्छ। मधेशको स्वाभिमानको शसक्तिकरण मधेशीले नै गर्ने हो। हिमाल वा पहाडले कदापि गर्दिने होइनन्। त्यसकारण जुन सुकै कुरामा पनि काठमाडौंको आश गर्नु मधेश र मधेशीलाई कमजोर पार्नु हो।
राजा हुसेन, रौतहट
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…