मलाई अविश्वास प्रस्ताव ल्याए हुन्छ, राष्ट्रपतिलाई किन महाभियोग ? : ओली
उनले सक्ने भए आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौति दिँदै ओलीले राष्ट्रपतिलाई किन महाभियोग भन्दै प्रश्न गरे ।

२०७८ जेठ ७ शुक्रबार, दिउँसो २:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि किन आक्रोश पोखिएको भन्दै प्रश्न गरिएका छन् ।
राष्ट्रपतिको काम सरकारको सिफारिसलाई कार्यान्वयन गर्नु भएको भन्दै संविधानअनुसार काम गर्दा महाभियोग लगाउनेसम्मको अशोभनीय कुरा गर्दै गणतन्त्र विरुद्धको खेल भइरहेको बताए ।
उनले सक्ने भए आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौति दिँदै ओलीले राष्ट्रपतिलाई किन महाभियोग भन्दै प्रश्न गरे ।
शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै ओलीले भने, कोही राष्ट्रपतिलाई महाभियोग लगाउनु पर्छ भन्या छ, राष्ट्रपतिलाई महाभियोग लगाउने आक्रोश, कुण्ठा, अथवा के हो यो ?’
उनले राष्ट्रपतिले संविधानले दिएको अधिकार प्रयोग गरेको जिकिर गर्दै भने, ‘प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउ भनेकै हो । सरकारको सरकार बनाउन भनेकै हो । अहिले पनि भनेकै छ । अनि राष्ट्रपतिमाथिको आक्रोश किन हो रु यो गणतन्त्रविरुद्धको खेल हो । ’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…