जानकी मन्दिरमा जानकीजीलाई सवा किलो सुन

आज साँझ जानकी मन्दिरमा मिथिलाको परम्पराअनुसार विधिपूर्वक जानकी जन्ममहोत्सव तथा पूजा गरिने बताइएको छ ।

२०७८ जेठ ६ बिहीबार
रति ८:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वप्रसिद्ध जानकी मन्दिरमा विहिबार सवा किलो सुन चढाइएको छ । जानकी नवमीको अवसर पारेर जानकीजीलाई सवा किलो सुन चढाएको हो । 

जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले १ किलो र निर्मला देवीले २५० ग्राम सुन जानकी मन्दिरमा चढाएका हुन् ।

कोरोनासंक्रमण रोकथामका लागि धनुषा जिल्लामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै जानकी मन्दिरको मुख्यद्वार बन्द गरिएको थियो । यसवर्ष मन्दिरका पुजारी र केही धर्मानुरागीको उपस्थितीमा मात्र जानकी नवमी मनाइएको हो ।

कोरोनाको त्रास तथा नेपालको विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकोले आज घरघरमा दियो बाली आरती गर्न महन्थ दासले आग्रह गरे । आज साँझ जानकी मन्दिरमा मिथिलाको परम्पराअनुसार विधिपूर्वक जानकी जन्ममहोत्सव तथा पूजा गरिने बताइएको छ ।

जनकपुरधाम सहित मिथिलाञ्चलमा आज जानकी नवमी मनाइँदै छ । प्रत्येक वर्ष जानकी नवमी माता सीताको जन्म भएको दिनको रुपमा मनाइने गरिन्छ ।

प्रत्येक वर्ष हर्षोल्लासपुर्वक जानकी जन्मोत्सव मनाइएपनि पछिल्लो २ वर्ष देखि कोरोना महामारीका कारण यो पर्व प्रभावित भएको छ । कोरोना भाइरसको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको समयमा धनुषामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको कारण जानकी मन्दिरको मुल गेट समेत बन्द गरिएको छ । आज जानकी जन्मोत्सव भएपनि जानकी मन्दिरको मुल ढोका बन्द नै रहेको छ ।

हजारौँको संख्यामा भिड रहने गरेको जानकी मन्दिर आज सुनसान देखिएको थियो । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले आज आ–आफ्नो घरमै पूजा अराधना गर्न सबैसँग आग्रह गरेका छन् ।

  • 97%
  • 0%
  • 0%
  • 1%
  • 0%
  • 0%

यसपाली असोज ३ गते कालो दिवस कसले मनाउने ? 

  • २०७८ जेठ ६ बिहीबार

सम्पादकीय | उपेन्द्र यादव नेतृत्वको पार्टी सँघीय सरकारमा हुँदा पूर्व राजपा अर्थात राजेन्द्र महतो महन्थ ठाकुर नेतृत्वको पार्टीका कार्यकर्ताहरुले असोज ३ गते कालो दिवस मनाउँदै आएको ज्ञातव्य छ ।  गत वर्ष

पूरा पढ्नुहोस्

Bureau Menus