जनकपुरमा युवतिसँग बिहे गरेर डाक्टर फरार
नजिकिएपछि मन्दिरमा गएर बिहे गरेको उल्लेख सहित निवेदनमा उनले दाईजोको लोभमा परी अर्को विवाह गर्न लागिएको आरोप लगाएकी हुन् ।

२०७८ जेठ ५ बुधबार, दिउँसो ४:१० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक युवतिसँगबिहे गरेर एक डाक्टर विगत एक महिनादेखि सम्पर्कबिहिन भएका छन् ।
प्रदेश २ को जलेश्वर नगरपालिका वडा नम्बर ७ जलेश्वर बस्ने बर्ष २२ की सँजु मण्डल भनिने सँजीता कुमारी सादा (साह) ले बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दर्ज गराएकी हुन् ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम वडा नं. ८ स्थित लिभिँग रिलेशनमा बसेर विवाह मन्दिरमा विवाह समेत गरेर महोत्तरीको बलबा बस्ने बर्ष २९ का डा. सुभाष प्रसाद साह विगत एक महिनादेखि फरार भएपछि सँजीताले निवेदन दर्ता गराएकी हुन् ।

महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ७ बस्ने श्याम सुन्दर साहको छोरा डा. सुभाष प्रसाद साहले सँजीतालाई बिहे गरेर फरार भएको आरोप सहितको निवेदन दर्ता गराउँदै उनलाई खोजबिन गरी पाउँ भनी निवेदन दिएकी छन् ।
आफू नर्सिँग पेशामा रहँदा सुभाष पनि चिकित्सक पेशामा रहेको र नजिकिएपछि मन्दिरमा गएर बिहे गरेको उल्लेख सहित निवेदनमा उनले दाईजोको लोभमा परी अर्को विवाह गर्न लागिएको आरोप लगाएकी हुन् ।
मन्दिरमा विवाह गरेपछि सँगै बस्दै आएका दुवैजनामा केही दिनमै विवाद सुरु भएको र त्यसपछि सँजीतामाथि हातपात कुटपिट समेत गर्ने गरेको आरोप लगाइएको छ । डा. सुभाष गत बैशाख ५ गतेदेखि नै फरार र सम्पर्कविहिन रहेको बताइएको छ ।
केही दिन नेपाल प्रहरीको सिआईबी टोलीले नक्कली सर्टिफिकेटको आरोपमा डा. सुभाषलाई पक्राउ गरेको थियो । त्यसपछि उनलाई ४ लाख ६० हजार रुपैयाँ धरौटीमा रिहा भएर फरार भएको आरोप छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय धनुषाको दर्ता नम्बर ९२४३ मा डा. साहलाई आवश्यक खोजतलास गरी उपस्थित गराएदिन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सोही दर्तालाई चलानी गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्राचार गरेको हो ।
पत्रमा डा. साही आमा बर्ष ५२ की निलमदेवी साह र उनका कान्छो भाई सुशिल साह समेतलाई पक्राउ गरी डा. सुभाषलाई उपस्थित गराइदिन निवेदन हालेकी हुन् । विगत एक वर्षदेखि उनीहरु जनकपुरमै सँगै बस्दै आएका थिए ।
डा. साहकी आमा र उनका भाईले उसलाई घरमा बस्न नदिएको तथा निरन्तर धाक धम्की दिएको आरोप सहित निवेदन दर्ता गराएकी हुन् ।
उनले आफूबाट पन्छिनको लागि सम्पर्क बिहिन भएको भन्दै प्रशासनको शरणमा पुगेकी बताएकी छन् । महिला अधिकारकमी सावित्री सुवेदीले समेत उनलाई न्यायको लागि आफू सक्रिय भएको बताएकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…