धनुषामा बडहीको ११ सदस्यीय समिति गठन
न्यूज ब्यूरो || धनुषा, २२ फागुन । बडही जातीहरुको छाता सँगठन नेपाल बडही समाज धनुषाको भातृ सँगठन गठन गरिएको छ । भातृ सँगठनमा ११ सदस्यीय जिल्लास्तरिय कर्मचारी तथा बुद्धिजीवी समन्वय समिति गठन गरिएको छ । नव गठित समितिको अध्यक्षमा राम नरेश ठाकुरलाई सर्वसहमतिले चयन गरिएको छ । यस्तै, उपाध्यक्षमा श्रीमति निल

२०७४ फागुन २२ मंगलबार, बेलुकी ७:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
धनुषा, २२ फागुन । बडही जातीहरुको छाता सँगठन नेपाल बडही समाज धनुषाको भातृ सँगठन गठन गरिएको छ ।
भातृ सँगठनमा ११ सदस्यीय जिल्लास्तरिय कर्मचारी तथा बुद्धिजीवी समन्वय समिति गठन गरिएको छ ।
नव गठित समितिको अध्यक्षमा राम नरेश ठाकुरलाई सर्वसहमतिले चयन गरिएको छ ।
यस्तै, उपाध्यक्षमा श्रीमति निलम ठाकुर, सचिवमा दीलिप ठाकुर, सह सचिवमा मदन ठाकुर, कोषाध्यक्षमा धर्मेन्द्र शर्मालाई चयन गरिएको छ ।
समितिको सदस्यहरुमा किरण ठाकुर, गीता शर्मा, पुजन ठाकुर, राम भरोस शर्मा, ललनदेव ठाकुर र बसन्त ठाकुरलाई चयन गरिएको हो ।
कार्य समिति धनुषाका अध्यक्ष रामविनोद ठाकुरको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष धनिकलाल ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले उक्त समिति गठन गरिएको हो ।
कार्यक्रममा धनुषाभरिका बडहीहरुको सहभागिता सँगै नेपाल सरकारका कर्मचारी, गैर सरकारी र निजामति कर्मचारीहरुको विशेष उपस्थितिमा समिति गठन गरिएको हो ।
यसका साथै भातृ सँगठनको रुपमा अन्य जिल्लाहरुमा समेत समिति गठन गरी बडही समाजलाई पूर्णता दिने प्रतिवद्धता बैठकमा सहभागीहरुले गरेका छन् ।
बैठकमा समाजका केन्द्रीय अध्यक्ष धनिकलाल ठाकुर, उपाध्यक्ष फेकु प्रसाद शर्मा, महासचिव पर्शराम ठाकुर, केन्द्रीय कर्मचारी तथा बुद्धिजीवी समन्वय समितिका सँयोजक चन्द्रदेव ठाकुर, बुद्धिजीवी मदन ठाकुर सहित पूर्व सल्लाहकार तथा पूर्व अध्यक्षहरुको विशेष आतिथ्य रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…