स्टीँग अपरेशनः प्रादेशिक अस्पतालका मेसु डा. यादव गर्छन रेम्डेसिभिरको कालोबजारी ? (भिडियो सहित)
उनले सरकारले तोकेको मूल्य भन्दा बढी रकम लिएको फेला परे कानुनी कारवाही गरिने प्रतिवद्धता जनाए ।

२०७८ जेठ ३ सोमबार, बेलुकी ६:४० बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारीमा इमरजेन्सी प्रयोगको लागि अनुमति प्राप्त रेम्डेसिभिर नामक औषधीको ब्लैक मार्केटीँग भइरहको पाइएको छ ।
नेपाल सरकारले ४ हजार ९०० रुपैयाँमा एक भाइल उपलब्ध गराउने भनिएको रेम्डेसिभिर सरकारी अस्पतालहरुमा पठाएपनि अस्पतालका कर्मचारीहरुले सोही औषधीको कालोबजारी गरी हजारौं रुपैयाँमा बेच्ने गरेको पाइएको प्रमाण न्यूज ब्यूरोले फेला पारेको छ ।
प्रदेश नम्बर २ को एक अस्पतालमा गरिएको स्टिँग अपरेशनको क्रममा अस्पतालभित्रै रहेको फार्मेसीका एक कर्मचारीले रेम्डेसिभिरको एक भाइल (एउटा ईन्जेक्सन) को २५ हजार रुपैयाँ मागेको देखिएको छ ।
सोही अनुसार ६ वटा भाइलको लागि उनीहरुले कम गरेर अर्थात छुट गरेर १ लाख ५० हजार रुपैयाँ मागेका थिए । सरकारले ६ भाइलको डोजको लागि कुल ३० हजार रुपैयाँ मात्र लिने भएपनि प्राइभेट अस्पतालहरुले त्यसको ५ गुणा बढी रकम लिएर औषधी दिने गरेको छ ।
आईतबार न्यूज ब्यूरोका अपरेशनल टिमका सबिन यादवले सिरहा जिल्लाको कर्जन्हा स्थित रहेको फूलकुमारी मेमोरियल अस्पतालमा स्टीँग अपरेशनको क्रममा पुगे । त्यहाँ उनले रेम्डेसिभिरको दाम प्रति भाइल २५ हजार गरी दुई भाइलको लागि ५० हजार दिनुपर्ने बताएको भिडियोमा प्रष्ट छ ।
अस्पतालका फार्मेसीमा बस्ने एक व्यक्तिले आफूहरु पनि ब्लैकमा रेम्डेसिभिर ल्याएर बेच्ने गरेको प्रष्ट बोलेका छन् । उनले भिडियोमा भनेका छन्,–“सरकारले त अहिले आएर रेम्डेसिभिर पठाउन थालेको छ, हामी यसअघि नै इन्डियाबाट ल्याएर बेचेका छौं, हामी पनि ब्लैकमै किनेका छौं, एउटको २५ हजार पनि कम छ ।”

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…