मोटरसाईलमा दुपट्टा (सल) बेरिएर एक महिलाको मृत्यू
पाँग्रामा बेरिन पुगेपछि निरुको घाँटीमा बेरिएको सलले उनलाई पाँग्रासँगै तान्दा मृत्यू भएको राजेश्वरलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

२०७८ जेठ २ आइतबार, बिहान ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ को सिरहा जिल्ला स्थित एक चल्दै गरेको मोटरसाईकलमा दुपट्टा (सल) बेरिएर एक महिलाको मृत्यू भएको छ ।
शनिबार सिरहा जिल्लाको औरही गाउँपालिका वडा नम्बर १ स्थित गुडिरहेको मोटरसाईकलमा पछाडी बसेकी महिलाको सल बेरिएर उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।
औरही गाउँपालिका वडा नम्बर १ स्थितको हरकट्टी चोक नजिकै गुडिरहेको स १० प ४५२२ नम्बरको मोटरसाइकलमा पछाडि सवार महिलाको सल बेरिएर दुर्घटना हुँदा महिलाको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा गोलबजार नगरपालिका वडा नम्बर ५ की अन्दाजी २८ वर्षीया निरु देवि साह रहेकी छन् । मोटरसाईकल चलाएका उनका श्रीमान राजेश्वर साह समेत समान्य घाईते भएको प्रहरीले जनाएको छ ।
पछाडी बसेकी निरुको सल काँघबाट विस्तारै तल झर्दै गएर मोटरसाईकलको पाँग्रामा बेरिन पुगेपछि निरुको घाँटीमा बेरिएको सलले उनलाई पाँग्रासँगै तान्दा मृत्यू भएको राजेश्वरलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…