साढे ८२ लाख रुपैयाँ सहित चार युवक पक्राउ
उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

२०७८ बैशाख २९ बुधबार, बेलुकी ५:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश २ को आर्थिक नगरी वीरगँजबाट ८२ लाख ५० हजार रुपैयाँ सहित प्रहरीले हुण्डी कारोवारीहरुलाई पक्राउ गरेको छ ।
बीरगँज महानगरपालिका वडा नं. ३ आदर्सनगर पानीटँकीस्थितबाट प्रहरीले सो रकम सहित चार जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ८२ लाख ५० हजार रुपैयाँ फेला परेको बताइएको छ ।
सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा भारत विहार जिल्ला मोतिहारी पूर्वी चम्पारण, थाना रक्सौल, वडा नं.१८ स्थायी ठेगाना भई जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं. ३ आदर्शनगर, पानीटंकीमा डेरा गरी बस्ने वर्ष २७ को विकास कुमार सहित अन्य ३ जनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मँगलबार दिउँसो करिब १ बजेको समयमा जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं. ४ बस्ने वर्ष १८ को कलामुद्दिन अन्सारीलाई पुरानो बसपार्क, आदर्शनगर चोकमा कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनले बोकेको झोला जाँच गर्दा झोलाभित्र नेपाली रू. २५ लाख फेला परेको र साथै विकास कुमारको डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको ५७ लाख लाख ५० हजार थप फेला परेको थियो ।
सो रकमसहित चारै अन्य २ जना पक्राउ परेको जनाइएको छ । पक्राउ पर्नेहरुमा विकास कुमार र कलामुदिन अन्सारी सहित गुडु कुमार र साहित गुप्ता पनि रहेका छन् । उनीहरुलाई अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त सूचनाको आधारमा पक्राउ गरिएको थियो ।
उनीहरुका साथै ना ८प. ४८९७ नम्बरको डिस्कभर मोटरसाइकल समेत पक्राउ गरि कारवाही प्रक्रिया अगाडी बढाएको हो । उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…