साढे ८२ लाख रुपैयाँ सहित चार युवक पक्राउ

उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

२०७८ बैशाख २९ बुधबार
बेलुकी ५:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज । प्रदेश २ को आर्थिक नगरी वीरगँजबाट ८२ लाख ५० हजार रुपैयाँ सहित प्रहरीले हुण्डी कारोवारीहरुलाई पक्राउ गरेको छ । 

बीरगँज महानगरपालिका वडा नं. ३ आदर्सनगर पानीटँकीस्थितबाट प्रहरीले सो रकम सहित चार जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ८२ लाख ५० हजार रुपैयाँ फेला परेको बताइएको छ । 

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा भारत विहार जिल्ला मोतिहारी पूर्वी चम्पारण, थाना रक्सौल, वडा नं.१८ स्थायी ठेगाना भई जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं. ३ आदर्शनगर, पानीटंकीमा डेरा गरी बस्ने वर्ष २७ को विकास कुमार सहित अन्य ३ जनलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार मँगलबार दिउँसो करिब १ बजेको समयमा जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं. ४ बस्ने वर्ष १८ को कलामुद्दिन अन्सारीलाई पुरानो बसपार्क, आदर्शनगर चोकमा कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । 

उनले बोकेको झोला जाँच गर्दा झोलाभित्र नेपाली रू. २५ लाख फेला परेको र साथै विकास कुमारको डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको ५७ लाख लाख ५० हजार थप फेला परेको थियो । 

सो रकमसहित चारै अन्य २ जना पक्राउ परेको जनाइएको छ । पक्राउ पर्नेहरुमा विकास कुमार र कलामुदिन अन्सारी सहित गुडु कुमार र साहित गुप्ता पनि रहेका छन् । उनीहरुलाई अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त सूचनाको आधारमा पक्राउ गरिएको थियो । 

उनीहरुका साथै ना ८प. ४८९७ नम्बरको डिस्कभर मोटरसाइकल समेत पक्राउ गरि कारवाही प्रक्रिया अगाडी बढाएको हो । उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

  • 25%
  • 1%
  • 48%
  • 2%
  • 2%
  • 1%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७८ बैशाख २९ बुधबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus