जनकपुर प्रादेशिक अस्पतालमा कोभिड विरामीको मृत्यूपछि कर्मचारीमाथि हातपात, भेन्टिलेटर तोडफोड
भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरेपछि केही बेरमै उनको मृत्यू भएपछि आक्रोसित परिवारजनले अस्पतालमा तोडफोड गरेको हो ।

२०७८ बैशाख २८ मंगलबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोभिडको महामारीमा सँजीवनको रुपमा आश्रय दिदै आएको जनकपुरको प्रादेशिक अस्पतालमा एक कोरोना विरामीको मृत्यू भएपछि तोडफोड गरिएको छ ।
प्रादेशिक अस्पताल जनकपुरको कोभिड अस्पतालमा मँगलबार (आज) साँझ करिब ५ः३० बजेको समयमा प्रादेशिक अस्पतालको कर्मचारीलाई हातपात सहित भेन्टिलेटर समेत तोडफोड गरिदिएको हो ।
अस्पतालका मेडिकल सुरिटेन्डेन्ट डा. प्रमोद यादवका अनुसार, जलेश्वर अस्पतालबाट रिफर भएर जनकपुर प्रादेशिक अस्पतालमा ल्याइएका महोत्तरी सुगा निवासी एक विरामीलाई भेन्टिलेटरमा राखेपछि मृत्यू भएको थियो ।
भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरेपछि केही बेरमै उनको मृत्यू भएपछि आक्रोसित परिवारजनले अस्पतालमा तोडफोड गरेको हो । तोडफोडको क्रममा २ वटा भेन्टिलेटर क्षतिग्रस्त भएको मेसु डा.यादवले जानकारी दिए ।
कोभिड अस्तालमा कार्यरत नर्सिँग र केही अन्य कर्मचारीलाई हातपात गरेको बताइएको छ । केही नर्सलाई कुटपिट सहित कर्मचारीलाई समेत कुटपिट गरेको मेसु यादवको कथन छ । सो क्रममा दुई जना कर्मचारी घाईते भएको जनाइएको छ ।
“यस्तो सँवेदनशिल अवस्थामा कोभिड अस्पतालमा खटेका कर्मचारीहरु भगवान भन्दा कम होइनन्, बचाउने त हर सम्भव प्रयास गरेकै थियो, तर आक्रोसमा आएर कर्मचारीलाई कुटपिट गर्नु अहिलेको परिवेशमा कसैले किन काम गर्ने त ? अब उनीहरु कोभिड अस्पतालमा काम नगर्ने भनेर गएका छन् ? अब अझै के हुन्छ हालात ?– डा. यादवले भने ।
अस्पतालमा तोडफोड सहित कर्मचारीमाथि हातपात गर्ने मृतकका दुई आफन्तजनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…