सिरहामा गौहत्या

सिरहाको लहानमा गाई काटेपछि स्थानीयहरु तातिए, खातुन र किस्मत पक्राउ 

ईप्रका लाहानका ईन्चार्ज डिएसपी डा.तपन दाहालले यस विषयमा थप अनुसन्धान भईरहेको र जाहेरी आएपछि मुद्दा चलाउने बताए ।

२०७८ बैशाख २७ सोमबार
दिउसो ४:२७ बजे

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित गाई काटेर खाएपछि स्थानीयहरु तातिएका छन् । राष्ट्रिय जनावरको रुपमा रहेको गाईलाई काटेपछि स्थानीयहरु आक्रोसित भएका छन् । 

सिरहाको लहान नगरपालिका वडा नम्बर २ मिलन चौकस्थित गौ हत्या भएको भन्दै स्थानीयले चर्को विरोध गरेका छन् । मुस्लिम समुदायको एक परिवारमा आईतबार बेलुका मासु प्रयोजनको लागि गाई काटेको भन्दै स्थानीयहरुले विरोध गर्दै आक्रोसित भएका छन् । 

स्थानीय एकजनाले प्रहरीलाई गाई काटेको सम्बन्धी दिएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानले घटनास्थल पुगेका थिए । तर, प्रहरी पुग्ने खबर पाए लगत्तै घरमुली (घरपट्टि) फरार भएपनि उनको पत्नी र सालोलाई लाहान प्रहरीले नियन्त्रणमा लिएका छन । 

इलाका प्रहरी कार्यालय लहानले गाई काटेर खाएको आरोपमा बर्ष ३० की सहजादी खातुन र बर्ष २० का मो. किस्मतलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । केहिले गौ हत्या गरिनु भनेको धार्मिक सदभाव बिथोल्ने प्रयास भएको बताएका छन । 

ईप्रका लाहानका ईन्चार्ज डिएसपी डा.तपन दाहालले यस विषयमा थप अनुसन्धान भईरहेको र जाहेरी आएपछि मुद्दा चलाउने बताए ।

गाई वा गोरु हत्या गरेको खण्डमा १२ बर्षसम्म जेल सजायको व्यवस्था कानुनमा रहेको छ । अन्य जना भने यसै प्रकरणमा फरार भएको तथा उनीहरुको खोजी कार्य भइरहेको बताइएको छ । 

  • 1%
  • 1%
  • 1%
  • 1%
  • 14%
  • 79%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७८ बैशाख २७ सोमबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus

} }