आफ्नो पक्षमा विश्वासको मतदान गर्न प्रधानमन्त्री ओलीको गुहार 

उनले केही समस्या भए सँगै बसेर तथा छलफलको माध्यमबाट समाधान गर्नको लागि आग्रह समेत गरेका हुन् । 

२०७८ बैशाख २७ सोमबार
बिहान ११:२३ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर

न्यूज ब्यूरो, काठमन्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिनेभएपछि साँसदहरुसँग मतदानको लागि गुहार गरेका छन् । 

आज दिउँसो १ बजेबाट प्रतिनीधिसभाको विशेष अधिबेशन र बैठक हुने भएको जनाउँदै प्रधानमन्त्री ओलीले आफ्नो अधिकारी फेसबुक पेज मार्फत विश्वासको मतको क्रममा आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिएको जानकारी दिएका छन् । 

“नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।”– फेसबुक पेजमा लेखिएको छ । 
 

ओलीले हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने भन्दै ध्यानाकर्षण गराएको उल्लेख छ। उनले केही समस्या भए सँगै बसेर तथा छलफलको माध्यमबाट समाधान गर्नको लागि आग्रह समेत गरेका हुन् । 
 

  • 14%
  • 14%
  • 14%
  • 14%
  • 14%
  • 14%

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

  • २०७८ बैशाख २७ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुई साता अघि मात्र पेट्रोलको मूल्य बढाएको नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार

पूरा पढ्नुहोस्

Bureau Menus