आफ्नो पक्षमा विश्वासको मतदान गर्न प्रधानमन्त्री ओलीको गुहार
उनले केही समस्या भए सँगै बसेर तथा छलफलको माध्यमबाट समाधान गर्नको लागि आग्रह समेत गरेका हुन् ।

२०७८ बैशाख २७ सोमबार, बिहान ११:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमन्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिनेभएपछि साँसदहरुसँग मतदानको लागि गुहार गरेका छन् ।
आज दिउँसो १ बजेबाट प्रतिनीधिसभाको विशेष अधिबेशन र बैठक हुने भएको जनाउँदै प्रधानमन्त्री ओलीले आफ्नो अधिकारी फेसबुक पेज मार्फत विश्वासको मतको क्रममा आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिएको जानकारी दिएका छन् ।
“नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।”– फेसबुक पेजमा लेखिएको छ ।
ओलीले हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने भन्दै ध्यानाकर्षण गराएको उल्लेख छ। उनले केही समस्या भए सँगै बसेर तथा छलफलको माध्यमबाट समाधान गर्नको लागि आग्रह समेत गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…