प्रादेशिक अस्पतालमा विरामीको लागि खानाको माग गरेका होइनौ : निमित्त मेसु डा. यादव
यसअघिको पत्रमा मारवाडी युवा मँचले पठाएको पत्रको जवाफ र सहमति मात्र दिएको भनेर नप्रष्टयाएका कारण सो पत्र समाजिक सँजालमा भाइरल बनेको हो ।

२०७८ बैशाख २६ आइतबार, बिहान ११:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालमा कुनै सँस्थासँग खानाको लागि माग नगरिएको प्रष्टोक्ती अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले दिएका छन् ।
गत २४ गतेको एक पत्र अनुसार, प्रादेशिक अस्पतालमा उपचाररत कोभिड सँक्रमितहरुको लागि खानाको व्यवस्था गरिदिनको लागि अनुरोध पत्र लेखिएको बारेमा चौतर्फी आलोचना भएपछि डा. यादवले सोको स्पष्टोक्ती दिएका हुन् ।
आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै खानाको लागि पत्राचार गरेको स्वीकार गर्दै मनकारी सँस्था मारवाडी युवा मँचले पहिले खाना खुवाउने ईच्छा देखाएपछि सोको प्रतिउत्तरमा सहमति मात्र दिएको पत्रमा उल्लेख छ ।

मारवाडी युवा मँच जनकपुरका महासचिव राहुल सिँघानीयाद्धारा लिखित बैशाख २४ गतेको अनुरोध पत्रानुसार मात्र अस्पताल प्रशासनले खाना खुवाउने सहमति दिएको स्पष्टोक्ती दिएको हो ।
गत विहिबार मात्र प्रदेश २ का सरकारले अस्पतालमा विरामी हेरचाहको लागि ९० लाख रुपैयाँ उपलब्ध गराएको उल्लेख गर्दै अस्पतालमा उपचार र खानामा कुनै प्रकारको त्रुटी नहुने प्रतिवद्धता समेत डा. यादवले जाहेर गरेका छन् ।
प्रादेशिक अस्पताल जनकपुरमा सँचालनमा रहेको कोभिड विशेष अस्पतालमा अहिले १८ वटा भेन्टिलेर, २५ बेडको एचडियू सहित ६३ बेड सँचालनमा रहेको जानकारी समेत सोही विज्ञप्ति मार्फत दिएका हुन् ।
उनका अनुसार, अस्पतालमा माग गरेको अनुसार जनशक्ति सहित आवश्यक सेवा सुविधा प्रदेश सरकारले उपलब्ध गराउँदै आएको तथा चाहेको बेला जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरिएको छ । पत्रमा मुख्यमन्त्रीले सम्पूर्ण सहयोग समयमै हुने प्रतिवद्धता जनाएको उल्लेख छ ।

यसअघिको पत्रमा मारवाडी युवा मँचले पठाएको पत्रको जवाफ र सहमति मात्र दिएको भनेर नप्रष्टयाएका कारण सो पत्र समाजिक सँजालमा भाइरल बनेको हो । अघिल्लो पत्रमा खानाको लागि अनुरोध गरिएको आशय झल्किरहेको देखिएको छ ।
मारवाडी युवा मँचको पत्रानुसार अस्पतालले खानाको लागि सहमति मात्र दिएको भनेर प्रष्ट नभएको कारण चौतर्फी आलोचना समेत भएको हो । समाजिक सँजालमा कैयौं जनाले प्रदेश सरकारप्रति पनि प्रश्न तेर्साएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…