जनकपुर अंचल अस्पतालमा 'ICU' सेवा संचालन
न्यूज ब्यूरो || जनकपुरधाम, २० फागुन । जनकपुर अंचल अस्पतालमा ICU सेवा संचालन हुने भएको छ । निकट भविष्यमै Adult ICU , Nendal र Pedestral ICU सेवा संचालनमा आउन लागेको जनकपुर अंचल अस्पतालका मेसु डा.रामपरिक्षण यादवले बताएका छन । डा. यादवले १० बेडको Adult, Nendal ICU र ४ बेडको Pedestral ICU सेवा संचालनमा

२०७४ फागुन २० आइतबार, बेलुकी ५:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २० फागुन ।
जनकपुर अंचल अस्पतालमा ICU सेवा संचालन हुने भएको छ ।
निकट भविष्यमै Adult ICU , Nendal र Pedestral ICU सेवा संचालनमा आउन लागेको जनकपुर अंचल अस्पतालका मेसु डा.रामपरिक्षण यादवले बताएका छन । डा. यादवले १० बेडको Adult, Nendal ICU र ४ बेडको Pedestral ICU सेवा संचालनमा आउन लागेको बताएका छन ।
अस्पतालमा ICU सेवा नहुंदा सिकिस्त बिरामीहरुलाई राजधानी र बाहिर जानुपर्ने बाध्यता रहेको छ भने कयौंलाई ज्यान गुमाउनु परेको छ ।
जनकपुर आसपास क्षेत्रकै मुख्य उपचार केन्द्रको रुपमा रहेको जनकपुर अंचल अस्पतालमा ICU सेवा नहुंदा सडक दुर्घटनामा परेका बिमारीहरुले अकालमै ज्यान गुमाउनु परेको छ । एक करोडभन्दा माथिको लागत भन्दा माथिको खर्चमा संचालनमा ल्याउन लागिएको ICU मा बिरामीलाई प्रतिदिन तीन हजारको दरले शुल्क निर्धारण गरिएको मेसु यादवले बताए ।
यो सेवा फाल्गुन महिनाभित्र संचालनमा आउने जनाईएको छ । यता , ICU सेवा संचालनमा आउने खबर प्रकाशमा आएपछि सर्वसाधरणहरु हर्षित भएका छन । जनकपुरमा ICU सेवा नुहंदा निकै नै झन्झटिलो र खर्चिलो हुने गरेको स्थानीय अभय कुमार शर्माले बताएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…