महामारीमा पनि अक्सिमिटरको कालोबजारी गर्ने तिबारी पक्राउ 

१९०० रुपैयाँ पर्ने अक्सिमिटरलाई ३५०० रुपैयाँ लिएर बेचिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटि गएको टोलीले उनलाई पक्राउ गरेको हो । 

२०७८ बैशाख २५ शनिबार
दिउसो ३:०२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज । प्रदेश २ को आर्थिक नगरी बीरगँजबाट पल्स चेक गर्ने मेसिन (अक्सिमिटर) को कालोबजारी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । 

शुक्रबार लकडाउन र निषेधाज्ञाको मौका छोपेर मेडिकल उपकरणको कालोबजारी गर्ने एक व्यापारीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । उनले तोकिएको मूल्य भन्दा अधिक मूल्य लिएर मेडिकल उपकरण बेचेको आरोप छ । 
बीरगँज महानगरपालिका वडा नम्बर १६ बस्ने बर्ष ३२ को रामहरी तिबारीले आफ्नै घरमा खोलेको औषधी पसलमा पल्स चेक गर्ने मेसिन कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन् । 

१९०० रुपैयाँ पर्ने अक्सिमिटरलाई ३५०० रुपैयाँ लिएर बेचिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटि गएको टोलीले उनलाई पक्राउ गरेको हो । 

उनको पसलमा रामहरि तिवारीको पसल रीतपूर्वक खानतलासी गरी उक्त पसलबाट अक्सिमिटर १२ थान बरामद गरी उनलाई नियन्त्रणमा लिई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

  • 0%
  • 50%
  • 17%
  • 0%
  • 0%
  • 17%

बच्चा खेलाउँदै बाँदर

  • २०७८ बैशाख २५ शनिबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus