जलेश्वर अस्पतालमा २३ जना कर्मचारी माग, अधिकृत देखि स्वीपरसम्मलाई अवसर
अन्तरवार्ता यही बैशाख २८ गते हुने छ भने सेवा सुविधाको सम्बन्धमा प्रदेश २ को सरकारले तोकेबमोजिम नै तलब सुबिधाहरु प्रदान गरिने बताइएको छ ।

२०७८ बैशाख २५ शनिबार, बिहान १०:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित जिल्ला अस्पताल जलेश्वरमा थप कर्मचारी माग गरिएको छ । अस्पतालले शुक्रबार सूचना जारी गर्दै २३ जना कर्मचारी माग गरेको हो ।
कोरोनाको महामारीसँगै वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोभिड उपचारमा सहजताको लागि करार सेवामा २३ जना कर्मचारी माग गरेको हो । अस्पतालको विभिन्न पदमा सो सँख्याको कर्मचारी माग गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिष साहद्धारा जारी गरिएको सूचनामा कन्सल्टेन्ट जनरल प्राक्टीसनर अधिकृत नवौ तहमा १ जना, मेडिकल अधिकृत आठौ तहको ५ जना, स्टाफ नर्स ६ जना, हेल्थ असिस्टेन्ट ६ जना, एनेथेसिया टेक्नोलोजिष्ट २ जना, कम्यूटर अपरेटर १ जना र स्वीपर २ जना माग गरिएको छ ।

जलेश्वर अस्पतालमा हुने परीक्ष अन्तरवार्ता माध्यमबाट छनौट गरिने जनाइएको छ । जसको लागि सम्पूर्ण विवरण सहितको बायोडाटा पेश गर्न अस्पताल प्रशासनले आग्रह गरेका छन् । शैक्षिक योग्यताको लागि लोकसेवाले तोकेको अनुसार नै हुनुपर्ने बताइएको छ ।
अन्तरवार्ता यही बैशाख २८ गते हुने छ भने सेवा सुविधाको सम्बन्धमा प्रदेश २ को सरकारले तोकेबमोजिम नै तलब सुबिधाहरु प्रदान गरिने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…