भर्खरै सँचालनमा आएको मिर्चैयाको 'सूर्या सिमेन्ट' फ्याक्ट्रीका मजदुर र स्थानीय आन्दोलनमा
उद्योगको लागि आवश्यक पर्ने जग्गा दिँदा नै स्थानीयलाई उनीहरुको योग्यता अनुसार काम दिने सर्त कार्यान्वयन गर्नुपर्नेमाग सहित उनीहरु उद्योगलाई बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

२०७८ बैशाख २४ शुक्रबार, बेलुकी ५:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ को सिरहा जिल्लास्थित रहेको सूर्या सिमेन्टका मजदुर सहित स्थानीयहरु आन्दोलित भएका छन् ।
मिर्चैया नगरपालिका वडा नम्बर १ स्थित भर्खरै सँचालनमा आएको सूर्या सिमेन्ट उद्योगका मजदुर तथा सो ठाउँका स्थानीयहरुले विभिन्न माग राखी आन्दोलनमा उत्रेका छन् ।
सूर्या सीमेन्ट उद्योगमा जग्गा दिँदाको सर्त पालना गर्नुपर्नेलगाएत विभिन्न ११ बुदे माग सहित आन्दोलनमा उत्रेका छन् । उद्योगको लागि आवश्यक पर्ने जग्गा दिँदा नै स्थानीयलाई उनीहरुको योग्यता अनुसार काम दिने सर्त कार्यान्वयन गर्नुपर्नेमाग सहित उनीहरु उद्योगलाई बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलित स्थनीयले स्थानीयलाई योग्यताका आधारमा रोजगारी, ढुवानीको लागि स्थानीय टिफर, ट्रकको प्रयो, ऐलानी तथा वनक्षेत्रको जग्गा नाप नक्सा गरी प्रयोग गर,उद्योग गरीपरीको गाउँलाई प्रदुषण बापत प्रति बोरा एक रुपैयाँ दिनुपर्ने माग सहित स्थानीयले उद्योग प्रशासनमा ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा नेपाल सरकारको श्रम ऐन अनुसार परिश्रमिको व्यवस्था गर, उद्योपगको ध्वनी प्रदुषण नियन्त्रण,तेतरिया खोला र बेनावती खोलामा उद्योगमो प्रदुषित पानी बगाउन बन्द गर, द्योग निर्माणकाल देखिनै कार्यरत स्थानीय कामदारलाई नियमित कामको व्यवस्था गर लागाएत माग उल्लेख गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…