जनकपुरमा लकडाउन अवधीको घर भाडा र बैँकको ब्याज मिनाहा गर्न लगाउने निर्णय
जनकपुरका घरबेटीहरुले बन्दाबन्दीको अवस्थामा सबै ठप्प भएको बेलामा पनि भाडा भने माफ गरेनन् ।

२०७८ बैशाख २४ शुक्रबार, दिउँसो ४:२८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा कोभिडका कारण बन्दाबन्दीले प्रभावित भएको बेला घर भाडा र बैँक ब्याज पनि मिनाहाको लागि पहल गर्ने निर्णय गरिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य महासँघ जनकपुरले शुक्रबार गरेको निर्णयमा जनकपुरमा घर भाडामा बसेका व्यापारीहरुको लागि बन्दाबन्दी अवधीको भाडा मिनाहा गराउने निर्णय गरिएको हो । यसका साथै बैँक ब्याज समेत मिनाहाको लागि पहल गर्ने निर्णय गरिएको हो ।
जनकपुरधाम उद्योग वाणिज्य महासँघका अध्यक्ष जीतेन्द्र कुमार महासेठ र महासचिव मनोज कुमार साहद्धारा जारी गरिएको विज्ञप्तिमा वर्तमान अवस्थामा कोभिड महामारीका कारण जनकपुरका व्यापारीहरुको अवस्था दयनीय बन्दै गएको अवस्थालाई मध्यनजर गरी घर भाडा, सटर भाडा र बैँकले लिने कर्जाको ब्याज समेत मिनाहाको लागि आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।
विश्वभरि फैलिएको कोरोना महामारीमा पनि सरकारले लकडाउन र निषेधाज्ञा बाहेकका अन्य कुनै वैकल्पिक उपाय नखोजको निष्कर्ष सहित यस्तो अवस्थामा जनकपुरमा व्यापारीहरु घर भाडा, सटर भाडा सहित बैँकबाट लिएको ब्याजको चपेटाले टाट पल्टने अवस्था सृजना हुँदै गएको भन्दै यस्तो निर्णय गरिएको हो ।
जनकपुर सहित धनुषामा जारी गरिएको निषेधाज्ञाको सीधा मारमा उद्योगी व्यावसायीहरु परेको भएपनि स्थानीय सरोकारबाला मौन रहेको जनगुनासो आएको आधारमा अर्थतन्त्र धारासाही हुन नदिनको लागि पसल समेत प्रोटोकल मिलाएर खोल्ने निर्णय गरेको हो ।
कोरोनाकालमा जारी गरिएको निषधाज्ञाको कारण उद्योगि व्यवसायीहरू टाट पल्टीने अवस्थामा गईरहैको कारण सँक्रमण फैलिनबाट रोक्नुका साथै उपचारको पनि व्यवस्था गर्ने तथा निषेधाज्ञा जारी गरिएको अवस्थामा उत्पन्न नकारात्मक परिणामलाई सुधार गर्न विभिन्न निर्णयहरु गरिएको जनाइएको छ ।
शुक्रबारको बैठकबाट जनकपुरमा वजार वन्द रहेको अवधिको पसल र गोदामको घर भाडा र कर मिन्हा गर्ने र गर्न लगाउने, व्यापार व्यावसायको संचालन अवरोध गरी जारी गरिएको निषेधाज्ञाको अवधीभरीको बैंक र बित्तिय संस्थाको ब्याज मिनाहा गर्न लगाउने निर्णय गरेको हो ।
यसका साथै, फरक समय निर्धारण गरी अत्यावश्यक प्रकृतिको पसलहरू थौरै समयका लागि खोली व्यापार संचालन गर्ने व्यवस्था मिलाउने, प्रादेशिक अस्पतालले चिकित्सक ,म्वास्थयकर्मी थप गरी पाउन मांग गरी आएकोमा तत्कालै भर्ना अनुमति प्रदान गर्नुपर्ने पत्र तत्कालै कार्यान्वयनमा ल्याउनुपर्नेमा सात दिनपछि
पत्र पठाईने र प्रशासनिक व्यवस्था दुरुस्त पारी तल्कालै निर्णय कार्यान्बयन गर्ने व्यवस्था मिलाउनु पर्ने लगायतका निर्णयहरु गरिएको हो ।
सोही क्रममा प्रदेश सरकारले निर्माण गर्ने भनि टेण्डर प्रकाशन गरेको मनिपालमा निमांण गर्ने कोरोना अस्पताललाई तत्कालै निर्माण गर्नुपर्ने, आवश्यकतानुसार प्रदेश सरकारले स्वास्थ्य सँकटकाल घोषणा गरी निजी अस्पतालको केही भागलाई कोरोना उपचारका लागि अधिग्रहण गरी उपचारको व्यवस्था गर्ने गराउन प्रबन्ध गर्नुपर्ने जस्तामा जोड दिन माग पनि गरिएको हो ।
गत बर्ष कोरोनाको पहिलो लहरको क्रममा जनकपुरका व्यावसायी मात्र नभएर भाडामा बस्ने विद्यार्थी वा परिवारले समेत ४ महिनाको अवधी लकडाउनको पनि भाडा बलपूर्वक तिर्नुपरेको थियो । जनकपुरका घरबेटीहरुले बन्दाबन्दीको अवस्थामा सबै ठप्प भएको बेलामा पनि भाडा भने माफ गरेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…