प्रदेश २ का राज्यमन्त्री शर्माले आसेपासेलाई घरमै चोरेर लगाए कोरोना भ्याक्सीन
उपचार र राहतको व्यवस्था गर्नु/गराउनुको सट्टा राज्यको सेवा सुविधालाई आफ्ना आसेपासेमा सिमिति गर्नु आफैमा लाजको पसारो भएको जलेश्वरका आमबासीन्दाहरूको गुनासो रहेको छ ।

२०७८ बैशाख २३ बिहीबार, बिहान ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारीको दोस्रो लहरबाट विश्व नै आक्रान्त भइरहेको अवस्थामा महोत्तरीबासी आमजनताहरू उपचार पनि नपाइरहेको अवस्थामा जिल्लाका एक मन्त्रीका आसेपासेहरूले धमाधम खोप लगाइरहेको पाइएको छ ।
महोत्तरीमा संक्रमितहरूले गुणस्तरीय क्वारेन्टाईन, आइसोलेशन र उपचार समेत पाउन नसकेका बेला जलेश्वर नगरपालिका– ७ निवासी प्रदेश २ सरकारमा सामाजिक विकास राज्यमन्त्री रहेका अभिराम शर्माका आसेपासेहरूले कोभिड–१९ विरुद्धको खोप लगाएका हुन् ।
मन्त्री शर्माका दर्जनौं आसेपासेले बुधवार जलेश्वर नगरपालिका– २ स्थित मन्त्रीकै डेरामा लुकेर कोरोना विरुद्धको खोप लगाएका हुन् । खोप लगाउनेहरूमा मन्त्रीका योजनाहरू चलाउने ठेकेदारहरू, उनका भाइभारदारहरू, उनका लागि कामकाज गर्ने व्यक्तिहरू, तिनका भाइभारदारहरू, मन्त्रीका अघिपछि गर्नेहरू, स्वीपर, धोबी, खाना पकाउने र उनीसँगै चौकचौराहा तथा अघिपछि हिड् नेहरू छन् ।
एउटा मन्त्रीले आमजनताको हेरचाह, उपचार र राहतको व्यवस्था गर्नु/गराउनुको सट्टा राज्यको सेवा सुविधालाई आफ्ना आसेपासेमा सिमिति गर्नु आफैमा लाजको पसारो भएको जलेश्वरका आमबासीन्दाहरूको गुनासो रहेको छ ।
स्थानीयले मन्त्री शर्माले कहाँबाट खोप ल्याए र आमजनताले उपचार समेत नपाएको अवस्थामा आफ्नो मान्छेलाई खोजीखोजी उनले खोप लगाएको प्रति आपत्ती जनाउँदै उनीहरूले खोप कार्य तत्काल रोक्न र उनी विरुद्ध आवश्यक कारबाही गर्न प्रदेश नं.२ को सरकार तथा केन्द्र सरकारसँग माग गरका छन् ।
यो समाचार जनकपुरबाट प्रकाशित हुने टुडे एक्सप्रेसमा प्रकाशित भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…