सिरहाको माडर नाका र धनुषाको सबै नाकाहरु फेरी पूर्णरुपमा बन्द
सिरहाको जिल्लाको माडर नाका पूर्ण रुपमा बन्द गरिएको हो । जिल्लाको सदरमुकाम सिरहा भएरै आउने सो नाका पूर्ण रुपमा बन्द गरिएको सिरहा जिल्ला प्रशासनले सूचना जारी गरेको हो ।

२०७८ बैशाख २३ बिहीबार, बिहान ८:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लासँग जोडिएको नेपाल–भारतको बोर्डरको सबै नाका पुनः बन्द गरिएको छ । सबै नाकाहरु बन्द भएपछि आवतजावत बन्द भएको हो ।
भारतसँग सिमा जोडिएका प्रदेश २ का दुई जिल्लाको सिमा नाका पूर्ण रुपमा बन्द गरिएको छ । प्रदेशको अस्थायी राजधानी समेत रहेको धनुषा जिल्ला यससँग सिमा जोडिएको सिरहा जिल्लाका सबै सिमा नाका बन्द भएको हो ।
सिरहाको जिल्लाको माडर नाका पूर्ण रुपमा बन्द गरिएको हो । जिल्लाको सदरमुकाम सिरहा भएरै आउने सो नाका पूर्ण रुपमा बन्द गरिएको सिरहा जिल्ला प्रशासनले सूचना जारी गरेको हो ।
यसका साथै, धनुषाको जटही, महिनाथपुर, महुवा, दुहबी, धनौजी, इनरुवासहित सबै सिमा नाका पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाको सूचनामा उल्लेख छ । धनुषामा मंगलबारदेखि निषेध आदेश जारी गरिएपनि भारतबाट आवत–जावतमा रोक लगाइएको थिएन ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मन्त्रिपरिषद् बैठकबाट नेपाल–भारतबीच आवतजावत गर्न नाका सञ्चालन सम्बन्धी निर्णयमा कुनै पनि नाका नपरेकाले आवतजावत पूर्ण रुपमा निषेध गरिएको सूचना जारी गरेका छन् ।
प्रजिअ बास्तोलाद्वारा जारी सूचनामा भनिएको छ, ‘यस कार्यालयबाट २०८७ वैशाख १९ मा जारी निषेधाज्ञा आदेशमा नेपाल सरकार मन्त्रीपरिषदको सोही दिनको बैठकबाट नेपाल भारतबीच आवतजावत गर्न नाका संञ्चालन सम्बन्धी निर्णयमा धनुषा जिललाको कुनै पनि नाका नपरेको हुँदा धनुषा जिल्लाका कुनै पनि नाकाबाट भारततर्फ आवतजावत गर्न पूर्ण रुपमा निषेध गरिएको छ । ’
धनुषामा कोरोना संक्रमित तिब्र हुन थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको वैशाख १९ गते बसको बैठकले २१ गतेदेखि निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको थियो ।
यस्तै सिरहामा वैशाख २३ गते अर्थात आजबाट आंशिक निषेधाज्ञा सुरु हुँदैछ । त्यहाँका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलले भारत आवतजावतका लागि खुल्ला गरिएको माडर नाका पनि बन्द गर्ने निर्णय भएको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…