सिरहाको लहानमा नगर प्रहरी र स्थानीयबीच भडप, पाँच जना घाईते
अटेरी गरी नहटाएकाले डोजर लगाएर खाली गराईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमानन्द भुषालले जानकारी दिए ।

२०७८ बैशाख २२ बुधबार, राति ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहाको लहानस्थित नगर प्रहरी र स्थानीयबीच भडप हुँदा पाँच जना घाईते भएका छन् ।
सिरहाको लहान नगरपालिका वडा नम्बर ५ स्थित खुट्टी खोला किनारमा अतिक्रमण गरी बनाईएको घर टहरा हटाउने क्रममा नगर प्रहरी र स्थानीयबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।
झडपमा परी नगरप्रहरी मनोज यादव, रामदयाल महतो, रामभरोसी यादव, सरसफाईकर्मी बब्लु मेहतर र अनिता मेहतर घाईते भएको नगरपालिकाले जनाएको छ ।
अतिक्रमण गरी बनाईएको घर टहरा हटाउन लिखित र मौखिक रुपमा पटकपटक सूचना दिए पनि अटेरी गरी नहटाएकाले डोजर लगाएर खाली गराईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमानन्द भुषालले जानकारी दिए ।
लहान नगरपालिका–९ खुट्टी खोला पूर्व लहान गोठ टोल जाने पिच सडकबाट पश्चिमतर्फ बैलहाट सडकबाट पश्चिम खुट्टी खोलाको जग्गामा व्यवस्थित हाटबजार लगाउने योजना रहेकाले अतिक्रमण गरी बनाईएका घर टहरा हटाईएको प्रमुख प्रशासकीय अधिकृत भुषालले थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…