दुई देवरसँग मिलेर आफ्नै श्रीमानको हत्या प्रकरणमा श्रीमति र एक भाई सहित ४ जना पक्राउ !
मृतककी पत्नी सुशीलादेवी मण्डल, भाइ अनिल मण्डल र सहयोगी विनोद कुमार महतोलाई उदयपुरबाट र तेजनारायण महरालाई सिरहाबाट पक्राउ गरिएको हो ।

२०७८ बैशाख २१ मंगलबार, बेलुकी ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दुई देवरसँग मिलेर आफ्नै श्रीमानको हत्या आरोपमा फरार रहेकी श्रीमति सहित दुई भाईलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रबार राती करिब १ बजेको समयमा धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ६ टिल्ही टोल बस्ने बद्री मण्डलका जेठा छोरा बर्ष २८ को शम्भु मण्डललाई चाकु तथा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।
मण्डलको हत्यापछि तीनै जना सोही राती फरार भएपछि प्रहरी सहित स्थानीयले उनीहरुले नै हत्या गरी भागेको आरोपमा पक्राउ गरिएको हो । मृतक मण्डलकी श्रीमति सुशीलादेवी मण्डल र २५ वर्षीय भाइ अनिल मण्डललाई पक्राउ गरिएको छ भने सँजय मण्डल अझै फरार छन् ।
शुशिला मण्डल र मृतकका दुई सहोदर भाईलाई उदयपुरबाट पक्राउ रिएको तथा एकजनालाई सिरहाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
देवर र भाउजुलाई घरबाट भगाउन सहयोग गरेका सिरहा अर्नामा गाउँपालिका–३ बस्ने तेजनारायण महरा र सोहि ठाउँ बस्ने विनोद कुमार महतोलाई समेत पक्राउ गरिएको एसपी रानाभाटले बताए ।
मृतककी पत्नी सुशीलादेवी मण्डल, भाइ अनिल मण्डल र सहयोगी विनोद कुमार महतोलाई उदयपुरबाट र तेजनारायण महरालाई सिरहाबाट पक्राउ गरिएको हो ।
भाउजु र देबरबीच अवैद्य सम्बन्धका कारण शम्भुको हत्या गरिएको बुझिएको छ । वैदेशिक रोजगारीमा बस्दै आएका थिए शम्भु र उनी एक महिनाअघि मात्र कतारबाट गाउँ आएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…