अब सवारीको कर र नविकरण शुल्क मोबाइलबाटै तिर्न सकिने, यातायातमा लाइन लाग्ने झन्झटबाट मुक्त

नागरिक एपमै यो सेवा उपलब्ध भएको खण्डमा समयमै सवारी साधन नवीकरण गर्न नसक्दा तिर्नुपर्ने जरिवाना रकम समेत जोगिनेछ ।

२०७८ बैशाख २० सोमबार
बिहान ०८:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । अब सवारी साधनको राजस्व र नवीकरण शुल्क समेत नागरिक एपबाटै तिर्न सकिने भएको छ । आइताबर एपको औपचारिक सुरुवातसँगै यसको जानकारी दिइएको हो ।

नागरिक एपबाट यातायातको राजस्व तथा नवीकरण शुल्क तिर्न सकिने गरी यातायात व्यवस्था विभाग अन्तर्गतका यातायात कार्यालयहरुमा आवश्यक सिस्टम राख्ने काम भइरहेको छ । अब उक्त सिस्टमलाई सोझै नागरिक एपमा जोडिने बताइएको छ ।

यातायातको सेवा नागरिक एपमा जोड्ने काम अन्तिम चरणमा पुगेको भन्दै अबको केही दिनमा यो सेवा उपयोग गर्न सकिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । यसका लागि नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवाप्रदायकलाई नागरिक एपमा जोड्ने तयारी भइरहेको छ ।

सवारी साधन नवीकरणका लागि सरकारी राजस्वसँगै तेस्रो पक्ष बीमा समेत अनिवार्य रुपमा गराउनुपर्ने हुन्छ । बीमा रकम तिर्न समेत अनलाइन भुक्तानीको व्यवस्था मिलाइने बताइएको छ ।

यससँगै सवारी साधन नवीकरण गराउन नागरिकले खप्दै आएको झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ । हाल यातायात कार्यालय धाउनुपर्ने र पुराना ढड्डा खोज्नुपर्ने बाध्यता नहुने अवस्थामा अनियमिताका साथै सेवाग्राहीले सास्ती पाउने र समयको बर्बादी गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

नागरिक एपमै यो सेवा उपलब्ध भएको खण्डमा समयमै सवारी साधन नवीकरण गर्न नसक्दा तिर्नुपर्ने जरिवाना रकम समेत जोगिनेछ ।

टेकपानाको सहयोगमा

  • 0%
  • 5%
  • 5%
  • 21%
  • 0%
  • 5%

मधेश सरकारले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्दै 

  • २०७८ बैशाख २० सोमबार

बिनय कुमार यादव, जनकपुरधाम । प्रादेशिक कोरोना भारइरस व्यवस्थापन समितिले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरेको छ ।  मुख्यमन्त्री लालबाबु राउतले आइतवार र सोमवार प्रदेश स्थित सबै

पूरा पढ्नुहोस्

Bureau Menus