हिन्दी फिल्म 'गल्ती' मा जनकपुरका अरुणकान्त, MX Player मा फिल्म रिलिज 

यो फिल्ममा सम्बन्ध, अनैतिक सम्बन्धको बारेमा प्रस्तुत गरिएको छ । अरुणकान्तको भूमिकाले उनको कौशलतालाई दर्साएको छ । 

२०७८ बैशाख १९ आइतबार
बिहान ०९:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशका राईजिँग स्टारको रुपमा चिनिएको जनकपुरका अरुणकान्त यादवको हिन्दी फिल्म गल्ती डिजिटल प्लेटफर्म एमएक्स प्लेयरमा रिलिज गरिएको छ । 

भिडियो प्लेयरमा विश्वकै चर्चित एप एमएक्स प्लेयरमा रिलिज गरिएको सो हिन्दी फिल्ममा जनकपुरका अरुणकान्त यादवको अभिनय दमदार देखिएको छ । रिलेसनसिपको आधारमा बनेको सो फिल्ममा यादवको भूमिकालाई सराहना गरिएको छ । 

बन्दे प्रसाद साहुको निर्देशनमा निर्माण भएको फिल्म गल्तीमा मोहनजी महतो प्रोडुसर रहेका छन् । फिल्ममा अरुणकान्त मुख्य भूमिकामा रहेका छन् भने उनीसँगै अनुष्का श्रीवास्वत, मोहनजी, अशोक बेनिवाल, सकिशला मस्जिद, लकी साहु र अल्हा खानको पनि भूमिका रहेको छ । 

सो फिल्ममा रँजीत मण्डलले ब्याग्राउण्ड सँगीत भरेका छन् भने पियुस आर्याले सँगीत निर्देश गरेका छन् । मोसन स्टुडियोको पोष्ट प्रोडक्सनमा निर्माण गरिएको यस फिल्ममा अरुण लगायत अनुष्काको भूमिका पनि दर्शकले मन पराएको छ । अन्य अभिनेताहरुको प्रस्तुती पनि दमदार देखिएको छ । 

फिल्ममा प्रयोग गरिएको गीतमा प्रज्ञा पात्रा र शाहिद माल्याको स्वर सजिएको छ । आर्टस प्रोडक्सन र ओम आर्ट प्रोडक्सनको बैनरमुनी निर्माण गरिएको यो फिल्मलाई एमएक्स प्लेयरबाट सीधा हेर्न सकिने व्यवस्था मिलाएको हो । 

एबी मोहनको स्क्रीप्टमा तयार गरिएको यो फिल्ममा श्री श्रेष्ठले द्धन्द्ध निर्देश गरेका छन् । फिल्मको नृत्यमा पप्पु प्रधान र मनोज मस्तानाले कोरियोग्राफी गरेका छन् । 

यो फिल्ममा सम्बन्ध, अनैतिक सम्बन्धको बारेमा प्रस्तुत गरिएको छ । अरुणकान्तको भूमिकाले उनको कौशलतालाई दर्साएको छ । 

  • 17%
  • 10%
  • 17%
  • 0%
  • 0%
  • 3%

बच्चा खेलाउँदै बाँदर

  • २०७८ बैशाख १९ आइतबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus