परौलस्थान कारिक बाबाको बलिपूजा रोकियो
कोरोनाको महामारीमा महोत्तरी जिल्ला समेत चपेटामा परेको भन्दै स्थानीय प्रशासनले शनिबार नै सूचना जारी गरी सो स्थानहरुमा बलिपूजा नगर्न निर्देशन दिएको हो ।

२०७८ बैशाख १८ शनिबार, बेलुकी ७:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बलीपूजाले प्रसिद्ध एवम् हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको महोत्तरीको कारिकस्थानमा समेत बलिपूजा रोकिएको छ ।
स्थानीय प्रशासनले एक सूचना जारी गर्दै वर्तमान अवस्थालाई मध्यनजर गर्दै प्रत्येक सोमबार र शुक्रबार हुँदै आएको बली प्रदान कार्यक्रम रोकिएको हो । सो स्थानमा साताको दुई पटक सयौंको सँख्यामा बलि प्रदान हुँदै आएको थियो ।
यसका साथै, महोत्तरीको अन्य विभिन्न स्थानमा रहेको धार्मिक स्थलहरुमा समेत प्रशासनले नित्य पूजा बाहेक अन्य सबै कार्य रोक्ने निर्देशन दिएको हो । महोत्तरीको पिपरास्थित रहेको बौद्धीमाई मन्दिर, सम्सीस्थित रहेको अन्हेरबाँट मन्दिर लगायतमा दर्शनार्थीको अधिक भीड हुने गरेको भन्दै नित्य पूजा मात्र गरी भव्य पूजा र बली पूजा रोकिएको हो ।
कोरोनाको महामारीमा महोत्तरी जिल्ला समेत चपेटामा परेको भन्दै स्थानीय प्रशासनले शनिबार नै सूचना जारी गरी सो स्थानहरुमा बलिपूजा नगर्न निर्देशन दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…