जनकपुर: आफ्नै श्रीमति र दुई सहोदर भाई मिलेर युवकको विभत्स हत्या !
मृतक मण्डलको शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पतालमा लगिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

२०७८ बैशाख १८ शनिबार, बिहान ९:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमै रहेको धनुषाको टिल्हीस्थित एक युवकको विभत्स हत्या गरिएको छ ।
धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ६ टिल्ही टोलस्थित गएराती करिब १ बजेको समयमा स्थानीय ३५ बर्षिय शम्भु मण्डलको विभत्स हत्या गरेको हो ।
मण्डललाई उनकै श्रीमति र उनकै दुई सहोदर भाई मिलेर हत्या गरी फरार रहेको स्थानीयहरुले जनाएका छन् । उनकै श्रीमति सुशिलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डल मिलेर हत्या गरेको हो । तीनै जना राती नै हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ ।
अहिले इलाका प्रहरी कार्यालय औरही र जिल्ला प्रहरी कार्यालय धनुषाको सँयुक्त टोलीले घटनास्थल पुगेर मुचुल्का उठाएका छन् । दुई देवर र भाउजु मिलेर मण्डलको हत्या गरेको जनाइएको छ ।
भाउजु र देबरबीच अवैद्य सम्बन्धका कारण शम्भुको हत्या गरिएको बुझिएको छ । वैदेशिक रोजगारीमा बस्दै आएका थिए शम्भु र उनी एक महिनाअघि मात्र कतारबाट गाउँ आएका थिए ।
शम्भुको कन्चट र घाँटीमा खुकुरी प्रहार गरिएको छ । दुई छोराछोरी रहेको शम्भुको हत्या उनले आफ्नी श्रीमतिलाई पनि कतार लग्ने प्रयास गरेका थिए । उनको श्रीमतिकै बैँक खातामा सबै रकम रहेको एक स्थानीयले नाम नखोल्ने शर्तमा बताए ।
उनलाई हत्या गरी गएराती नै तीनै जना मोटरसाईकलबाट भाग्ने प्रयास गर्दा घरदेखि करिब १०० मिटरकै दुरीमा मोटरसाईकल छाडेर भागेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य तीव्र पारिएको जिल्ल प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक मण्डलको शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पतालमा लगिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…