शहिदनगर नगरपालिकाका एक वडासचिव खुल्लेयाम घुस लिँदै (भिडियो सहित)
त्यस्तै, उनी अन्य सेवाग्राही सँग विना रसिद सय देखि पाँच सय रुपैया लिने गरेको भिडियोमा उल्लेख छ ।

२०७८ बैशाख १७ शुक्रबार, बेलुकी ६:२१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका एक वडा सचिव खुल्लेयाम घुस लिँदै गरेको भिडियो सार्वजनिक भएको छ ।
शहिदनगर नगरपालिका वडा नम्बर ४ का वडासचिव पँचलाल दास सेवाग्राहीसँग घुस लिँदै गरेको भिडियो सार्वजनिक भएको छ । स्थानीयहरुका अनुसार, बिना घुसको जन्मदर्ता समेत बनाउँदैनन सचिव पँचलाल दास ।
स्थानीय सरकार संचालन ऐन अनुसार सबै स्थानीय तहका सरकारले आफ्नो गाउँपालिका÷नगरपालिकामा घरबाटो सिफारिस जन्म प्रमाणिात, जन्मदर्ता,मृत्युदर्ता लगायत सिफारिस गरे बापत दस्तुर निर्धारण गरेका छन् ।
त्यस्तै, धनुषाको सहिद नगर नगरपालिकाले जन्मदर्ता,जन्मप्रमाणिात,नाता प्रमाणिात घरबाटो सिफारिसको ५० रुपैया दस्तुर तोकिएको छ । सेवाग्राही सँग लिएको रकम बापत रसिद सेवाग्राहीलाई दिनुपर्नेहुन्छ ।
तर सहिद नगरपालिकाकै वडा नम्बर ४ का वडा सचीव पंचलाल दास बिना रसिद गैरकानुनी तरिकाले सेवाग्राही सँग सय देखि २ देखि ३ हजार रुपैया सम्म लिने गरेका छन ।
अंसबण्डाको लागि सिफारिस गराउन गएका सोही वडाका चुल्हाइ यादव सँग सचिव दासले ८ सय रुपैया लिएपछि मात्रै सिफारिसका कागज उनको हातमा थमाए । सचिव दासले सिफारिस गरेपछि जबर्जस्ती उनीसँग पैसा माग्दै गरेको भिडियोमा प्रष्ट सूनिन्छ ।
“काम गराउन ३÷४ घण्टा लाइनमा उभिए त्यसपछि बल्ल मेरो पालो आयो मैले कागज लिएर सचिव साहबको टेबुलमा पुगे सचिबले सबै कागज पल्टाएर सहिछाप लगाए दिए त्यसपछि यत्रो काम गरिदिए कम्तीमा २ हजार दिनुस् ।”– उनले भने ।
यादवका अनुसार, सुरुमा पाँच सय दिएपछि त्यसमा सचिव दासले नमानेपछि फेरि तीन सय रुपैयाँ थपेर आठ सय पुर्याएर दिएपछि माने । “त्यसपछि सचिवले पैसा लिए पनि सन्तुष्ट चाहिँ भएनन्, ल फेरि फिर्ता आउनुपर्छ भन्दै कागज मेरो हातमा थमाए”– यादवले भने
सरकारले सचिवलाई तलब दिएर राखिएको सरकारी कर्मचारीले सेवाग्राहीलाई अनाहकमा दुःख दिरहेको बताइएको छ । सेवाग्राही सँग अबैध तरिकाले रकम लिने गरेका सचिव दासले सुरुदेखि नै यस्ता अतिरिक्त रकमहरु लिँदै आएको बताइन्छ ।
“नगरपालिकाले तोकिएको अनुसार लिंदा हामीलाई कुनै आपत्ति छैन तर सेवाग्राहीसँग बाध्य पारेर पैसा उठाउने गरेका छन त्यो सिधै घुस भयो किनभने त्यो नगरपालिकामा जम्मा हुदैनन् ।”– एक सेवाग्राहीले भने ।
त्यस्तै, उनी अन्य सेवाग्राही सँग विना रसिद सय देखि पाँच सय रुपैया लिने गरेको भिडियोमा उल्लेख छ ।
सो सन्दर्भमा वडा सचिव दासले भने भिडियोमा देखिएकोमा कुनै अतिरिक्त रकम नलिएको दाबी गरेका छन् । उनले नगरपालिकाले तोकेको दस्तुरभन्दा पनि कोही गरिब, दुःखित सेवाग्राहीहरु कम रकम दिने गरेकोमा पनि सिफारिस गरेर पठाउने गरेको प्रतिक्रिया दिएका छन् ।
उनले आठ सय रुपैयाँ भनिएकोमा ६ वटा मृत्यूदर्ता, १ वटा नाता प्रमाणित र १ मुचुल्काको दस्तुर लिएको बताएका छन् । मृत्यूदर्ताको प्रति दर्ता ५१ रुपैयाँ, नाता प्रमाणितको ५० रुपैयाँ तथा मुचुल्काको १००० रुपैयाँ रहेपनि उनले कमै दिएर रसिद बिनै गएको भिडियो रहेको बताएका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…