ठेकेदार यादवले गुण्डाका साथ गुण्डाशैलीमा कार्यालय पसेर धम्काए : अधिकृत सढान
असन्तुष्ट वडाध्यक्षहरुले तत्कालको लागि ताला खोलेपछि काम सुचारु भएको छ । शनिबार सहमति नभए पुनः तालाबन्दीको चेतावनी दिएको छ ।

२०७८ बैशाख १६ बिहीबार, बेलुकी ५:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र कुमार सढानमाथि एक ठेकेदारले गुण्डाशैलीमा गालीगलौज सहित धम्की दिएको आरोप लगाइएको छ ।
विहिबार दिउँसो करिब १२ः३० बजेको समयमा कमला नगरपालिकाको कार्यालयमा नगरपालिका भवन बनाउने ठेकेदार सँतोष यादवले गुण्डाहरु ल्याएर गालीगलौज सहित अभद्र व्यवहार गरेको आरोप लगाएका छन् ।
नगरपालिकाको भवन निर्माणको लागि साढे ५ करोडमा ठेक्का लागेकोमा समयमा रकम भुक्तानी नगरेको भन्दै ठेकेदार यादवले अधिकृत सढानलाई कार्यालयमा पसेरै गाली गलौज सहित आक्रमणको प्रयास गरेको आरोप अधिकृत सढानले लगाएका छन् ।
भवन निर्माण कार्यको अधिकाँश कार्य पूरा भएको भन्दै लामो समयदेखि ठेकेदार यादवले नगरपालिकासँग बक्यौता रकम माग गर्दै आएकोमा भुक्तानी नदिएपछि आक्रोसमा उनले सरकारी कर्मचारीमाथि जाइलागेको बताइएको छ ।
कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैयास्थित निर्माणधीन रहेको नगरपालिकाको भवनको लागि नगरपालिकाबाट २ करोड रुपैयाँ भुक्तानी दिएको तथा थप ३ करोड २० लाख रुपैयाँ सँघबाट आउने भएपनि निकासाको लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा सबै प्रक्रिाय पुरा गरेपनि ठेकेदार यादवले जोर जबरदस्ती सहित हुल हुज्जत गरेको आरोप छ ।
अधिकृत सढानका अनुसार, ठेकेदार यादवे पूर्व योजना नै बनाएर आफूमाथि आक्रमणको प्रयास गरेको बताए । उनले भने,“सँतोषले दुई जना पत्रकारकै अगाडी यस्तो व्यवहार गरे । पत्रकारहरु पनि त्यसको प्रत्यदर्शी थिए ।
“सँतोष यादव मेरो डेरासम्म धाक धम्की दिन जान्थ्यो, आज अफिसमा गुण्डाहरु ल्याएर मसँग दुरव्यवहार गर्यो, अभद्र गाली गलौज सहित आक्रमणको प्रयास पनि गरयो । उनलाई कानुनी दायरामा ल्याउँछु ।”
सँघको बजेट भएकोले निकासाको लागि पनि सम्पूर्ण प्रक्रिया पुरा गरेको जनाउँदै कसैको उक्साहटमा यस्तो हर्कत गरेको अधिकृत सढानले सुनाए । अधिकृत सढानलाई ठेकेदार यादवले पहिले फोन मार्फत गाली गलौज गरेको रेकर्ड छ । फोनमा उसले हाकिम र मेयर सहित रकम भुक्तानी प्रक्रियामा प्रत्यक्ष सरोकार राख्ने कर्मचारीलाई गाली गलौज गरेको सुनिन्छ ।
एक साता तालाबन्दी रहेको सो नगरपालिकामा तत्काल विशेष शर्तमा ताला खोलिएको अवस्थामा ठेकेदार यादवले झन जटिलता थपिदिएको प्रतिक्रिया स्थानीयहरुको छ । यता, सो सन्दर्भमा वल्डवाईड कन्स्टरक्सनका ठेकेदार सँतोष यादवसँग सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् ।
नगरपालिकाको कार्यालय बनाउने ठेक्का वल्डवाईड कन्सट्रक्सनले नै पाएको हो । विहिबार ठेकेदार यादवले केही मान्छेहरुलाई लिएर अधिकृत सढानलाई गालीगलौज गर्दै कार्यालय पसेर तालाबन्दीको धम्की दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
सो सन्दर्भमा इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी इन्सपेक्टर रबिन मैनालीले सो घटनालाई समान्य बताउँदै ठेकेदार यादवले कार्यालय पसेको कुरा स्वीकारे । यस सन्दर्भमा कुनै जाहेरी वा निवेदन नपरेको जानकारी दिए ।
घटनाको विषयमा कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईतसँग प्रतिक्रिया लिन खोज्दा गोइतसँग पनि सम्पर्क हुन सकेनन् । असन्तुष्ट वडाध्यक्षहरुले तत्कालको लागि ताला खोलेपछि काम सुचारु भएको छ । शनिबार सहमति नभए पुनः तालाबन्दीको चेतावनी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…