प्रदेश २ का प्रदेश साँसद शर्माको स्वास्थ्यमा समस्या, हेलिकप्टरबाट काठमान्डौं लगिए
शर्मालाई उपचारका लागि काठमाण्डौस्थित मेडिसिटी हस्पिटलमा लगिएको वडा नम्बर १० का वडाअध्यक्ष रामनगिना प्रसाद कानुले बताए ।

२०७८ बैशाख १६ बिहीबार, दिउँसो ३:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य ओमप्रकाश शर्मालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ ।
कोरोना संक्रमण पुष्ठि भएपछि १० दिनदेखि होम आइसोलेसनमा रहेको शर्माको स्वास्थ्यमा समस्या आएपछि बिहिवार हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको पारिवारिक स्रोतले जनाएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका शर्मालाई उपचारका लागि काठमाण्डौस्थित मेडिसिटी हस्पिटलमा लगिएको वडा नम्बर १० का वडाअध्यक्ष रामनगिना प्रसाद कानुले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…