लाईसेन्स पनि बन्द

भोलीदेखि लाईसेन्सको अनलाईन फाराम बन्द

चैत्त १० गतेदेखि बन्द गरिएको नयाँ लाईसेन्सको आवेदन, परीक्षाहरु बर्षको पुस मसान्त १४ गतेदेखि खुल्ला गरेको थियो ।

२०७८ बैशाख १५ बुधबार
बिहान ०८:१३ बजे
न्यूज ब्यूरो, डेस्क
प्रतिकात्म तस्विर मात्र, साँकेतिक प्रयोजनको लागि प्रयोग | परिकल्पना मात्र

न्यूज ब्यूरो, जनकपुरधाम । नयाँ लाईसेन्सको लागि यातायात व्यवस्था विभागले भोली विहिबार बैशाख १६ गतेदेखि अनलाईन आवेदन बन्द गर्ने निर्ण गरेको छ 

सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको सूचना जारी गरिएको हो । नयाँ भेरियन्टको कोरोना भाइरसको त्रास बढेको भन्दै यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरेको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले १६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको सूचनामा उदृत गरेका छन् । उनका अनुसार अब अर्को सूचना नआएसम्म अनलाइन आवेदन प्रणाली नै बन्द हुनेछ ।

गत बर्ष पनि चैत्त महिनादेखि कोरोना भाइरसलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले लाईसेन्सको फाराम बन्द गरेको थियो । गत बर्षको चैत्त १० गतेदेखि नयाँ लाईसेन्सको सबै अनलाईन आवेदनहरु बन्द गरेको थियो । 

यसपाली पनि कोरोनाको दोस्रो लहरपछि बैशाख १६ गतेदेखि बन्द गर्ने निर्णय गरेको हो । गत बर्ष चैत्तपछि झण्डै १० महिनापछि पुसमा नयाँ लाईसेन्सको नयाँ आवेदन खोलेको थियो ।

चैत्त १० गतेदेखि बन्द गरिएको नयाँ लाईसेन्सको आवेदन, परीक्षाहरु बर्षको पुस मसान्त १४ गतेदेखि खुल्ला गरेको थियो । खुलेको ५ महिनापछि पुनः लाईसेन्सको नयाँ आवेदन बन्द गरेको हो । 
 

  • 0%
  • 33%
  • 0%
  • 0%
  • 17%
  • 50%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७८ बैशाख १५ बुधबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus