भोलीदेखि लाईसेन्सको अनलाईन फाराम बन्द
चैत्त १० गतेदेखि बन्द गरिएको नयाँ लाईसेन्सको आवेदन, परीक्षाहरु बर्षको पुस मसान्त १४ गतेदेखि खुल्ला गरेको थियो ।

२०७८ बैशाख १५ बुधबार, बिहान ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नयाँ लाईसेन्सको लागि यातायात व्यवस्था विभागले भोली विहिबार बैशाख १६ गतेदेखि अनलाईन आवेदन बन्द गर्ने निर्ण गरेको छ
सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको सूचना जारी गरिएको हो । नयाँ भेरियन्टको कोरोना भाइरसको त्रास बढेको भन्दै यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरेको हो ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले १६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको सूचनामा उदृत गरेका छन् । उनका अनुसार अब अर्को सूचना नआएसम्म अनलाइन आवेदन प्रणाली नै बन्द हुनेछ ।
गत बर्ष पनि चैत्त महिनादेखि कोरोना भाइरसलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले लाईसेन्सको फाराम बन्द गरेको थियो । गत बर्षको चैत्त १० गतेदेखि नयाँ लाईसेन्सको सबै अनलाईन आवेदनहरु बन्द गरेको थियो ।
यसपाली पनि कोरोनाको दोस्रो लहरपछि बैशाख १६ गतेदेखि बन्द गर्ने निर्णय गरेको हो । गत बर्ष चैत्तपछि झण्डै १० महिनापछि पुसमा नयाँ लाईसेन्सको नयाँ आवेदन खोलेको थियो ।
चैत्त १० गतेदेखि बन्द गरिएको नयाँ लाईसेन्सको आवेदन, परीक्षाहरु बर्षको पुस मसान्त १४ गतेदेखि खुल्ला गरेको थियो । खुलेको ५ महिनापछि पुनः लाईसेन्सको नयाँ आवेदन बन्द गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…