जनकपुरको एक पुरुष सहित दुई कोरोना सङ्क्रमितको मृत्यु
उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले जानकारी दिए ।

२०७८ बैशाख १४ मंगलबार, दिउँसो १२:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धरानस्थित रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो ।
उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले जानकारी दिए ।
डा पोखरेलका अनुसार यसअघि धनुषा जनकपुरधाम–८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनलाई यही वैशाख ९ गते अस्पतालन भर्ना गरिएको थियो ।
उनी पनि उच्च रक्तचापको बिरामी रहनुभएको थियो । दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको छ । प्रतिष्ठानमा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।
हालसम्म १२५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…