जनकपुरः तीव्र गतिमा रहेको दुई मोटरसाईकल एक-आपसमा ठोक्किदाँ दुई युवकको मृत्यू
दुर्घटनामा गम्भीर घाइते दुवै युवकलाई जनकपुर लग्ने क्रममा एकजना युवकको बाटोमै र अर्का युवकको जानकी हेल्थकेयरमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

२०७८ बैशाख १२ आइतबार, दिउँसो ४:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको उत्तरी धनुषामा मोटरसाईक दुर्घटना हुँदा दुई युवकको मृत्यू भएको छ ।
आईतबार (आज) दिउँसो करिब १ बजेको समयमा धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ८ कुसुमविसौना स्थित तीव्र गतिमा रहेको दुई मोटरसाईकल एक आपसमा ठोक्किदाँ दुर्घटना भई दुई युवकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रदेश २–०२–००२ प ६०३६ नम्बरको मोटरसाइकल र प्रदेश २–०२–००३ प २८७७ मोटरसाइकल तीव्र गतिमा रहेको र नियन्त्रण नहुँदा ठोक्किन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।
सो मोटरसाईकल दुर्घटनामा परी दुवै मोटरसाइकलको चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २० वर्षका भोला महतो र वर्ष २६ का सुनिल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।
सोही दुर्घटनामा परी एक युवकको अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ । प्रदेश २–०२–००३ प २८७७ नम्बरको मोटरसाइकलमा पछाडी सवार वर्ष २५ को सन्तोष महतोको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको उपचार मोडेल अस्पताल लालगढमा भइरहेको छ।
दुर्घटनामा गम्भीर घाइते दुवै युवकलाई जनकपुर लग्ने क्रममा एकजना युवकको बाटोमै र अर्का युवकको जानकी हेल्थकेयरमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भइरहेको तथा घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…