उदाउँदो किरण

तराई-मधेशकी अलका याज्ञनिक गायिक 'अनु चौधरी' 

केही दिन अघि अनु चौधरीकै स्वरमा आएको पैसा र पावर बोलको गीत पनि समाजिक सँजालमा भाइरल बन्यो । जेलमा रहेका रेशम चौधरीको दिनचर्या र उनको जीवनमा बनाइएको यो गीत फेसबुक, युटुब, ट्वीटरमा भाइरल बन्यो । 

२०७८ बैशाख १२ आइतबार
बिहान ०९:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । बलिवुडको सँगीत क्षेत्रमा आफ्नो आवाजले जो कोहीलाई पनि मन मोहने चर्चित गायिका अलका याज्ञनिकलाई नचिन्ने कमै होलान् । 

यहाँ अश्लिल भोजपुरी र मैथिली गीतहरुको बीच अहिले गायिक अनु चौधरीको आवाजले जो कोहीलाई पनि मन मोहित पार्ने गरेको छ । थारु गीतमा जमेकी अनु चौधरीको एक एक गीतले दर्शक÷श्रोतालाई जतिसुकै बेला पनि झुमाउने गरेको छ । 

उनको आवाजलाई भारतीय प्रसिद्ध सदाबहार गायिका अलका याज्ञनिकसँग दाँजिएको छ । थारु गीतहरुमा प्रायः उनकै आवाज सुनिन्छ । उनको आवाजमा बजारमा आएको गीतहरुले जो कोहीलाई पनि मोहित पार्ने गरिएको छ । 

अहिले समाजिक सँजाल सहित टिकटक प्लेटफार्ममा पनि चर्चामा रहेको 'मन लागेना बिन तोहार, 'सचमे कव अ‍ैबा तु बताओना', 'नैना निहारे' लगायतका गीतहरु लोकप्रिय बनेको छ । उनको गीतलाई ६० लाखदेखि १ करोड पटकसम्म हेरिएको छ । 

सीमित ठाउँमा बुझिने थारु भाषाको गीतको भाषा मधेशको विभिन्न ठाउँमा राम्ररी नबुझेपनि अनु चौधरीको गीतको बोल र शैलीले दर्शकलाई प्रभावित गरेको छ । 

भोजपुरी भाषाको गीतहरुपछि तराई मधेशको जिल्लाहरुमा बोलिने मैथिली भाषाको गीत समेत व्यापारमुखि सहित अश्लिल प्रकारको बनाउन थालेपछि थारु भाषाको गीतमा अनु चौधरीको नियमित उपस्थितिले तराई मधेशवासीको ध्यान तानेको छ । 

“अनुको स्वरमा मिठाँस छ, भारतीय सदाबहार गायिका अलका याज्ञनिक जसरी बलिवुडलाई एक नयाँ उचाई दिइन, सोही अनुसार अब अनु चौधरीमाथिको विश्वास बढदै गएको छ । अलका याज्ञनिक भन्दा कम आवाज छैन अनु चोधरीको, उनको गीत सुनेपछि मख्ख हुन्छु । साथै, भिडियो त झन बढी सुहाउँदो बनाइन्छ ।”– एक शिक्षकले भने ।

अनु चौधरीको गीतमा चर्चित स्टारहरु काम गरेका छन् । नेपाली चलचित्र जगतका सुपर स्टार पल शाहले समेत दिन गिन गिन बोलको गीतमा आफ्नो अभिनय दिएका छन् । जो गीत सर्वाधिक चर्चामा रहयो । 
सबभन्दा बढी चर्चामा रहेको गीत मन लागेना बिन तोहार, दिन गिन, गिन, नैना निहारे लगायतका गीतहरु समाजिक सँजालमा सर्वाधिक मन पराइएको छ । 

केही दिन अघि अनु चौधरीकै स्वरमा आएको पैसा र पावर बोलको गीत पनि समाजिक सँजालमा भाइरल बन्यो । जेलमा रहेका रेशम चौधरीको दिनचर्या र उनको जीवनमा बनाइएको यो गीत फेसबुक, युटुब, ट्वीटरमा भाइरल बन्यो । 

उनको एल्बममा चर्चित मोडेलहरुले अभियन गर्ने गरेका छन् भने भिडियो हेर्दा पनि कुशल निर्देशकद्धारा निर्देश गरिएको पाइन्छ । दृश्यको गुणस्तरियता सहित अनु चौधरीको मनमोहक आवाजले तराई मधेशको सँगीतमा एक नयाँ आयाम थपिएको महसुस गरिन्छ । 

तराई मधेशको विभिन्न जिल्लामा गाइने अश्लिल मैथिली, ठेठ मैथिलि गीतहरुको बीच यीनीहरुको आवाज र गीतलाई अनु चौधरीको गीतले ओभरल्याप गर्न सफल भएको छ । अनु चौधरीलाई तराई मधेशको उदाउँदो ताराको रुपमा लिन सकिन्छ । तराई मधेशकी अलका याज्ञनिक–अनु चौधरी ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लोक तथा दोहोरी गीत प्रतिष्ठान धनुषामा गायक विश्वकर्मा 

  • २०७८ बैशाख १२ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति धनुषाको ७ औं साधारणभा सम्पन्न भएको छ ।  प्रतिष्ठानको दशैं, दिपावली तथा छठको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रम

पूरा पढ्नुहोस्

Bureau Menus