जनकपुरको गँगासागरको राजहँस नै मारेर भाग्न थालेपछि...
सो मध्ये एक हँसलाई युवकले मारेर घर लग्दै गर्दा पक्राउ परेका छन् । गँगासागर पोखरीलाई अध्यात्म मानिन्छ भने सो पोखरीको माछा पनि कोही नलिने गरेको छ ।

२०७८ बैशाख ११ शनिबार, राति ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको ऐतिहासिक सरोवर गँगासागरमा राखिएको राज हँस (हाँस, पँक्षी) लाई एक जनाले मारेपछि स्थानीयहरुले रामधुलाई गरेको छ ।
नित्यदिन गँगासागरमा हुने गँगा आरती सम्पन्नपछि एक युवकले गँगासागरको राजहँसलाई मारेर लग्न खोजेपछि सोही ठाउँका युवाहरुले उनलाई रामधुलाई गरेको न्यूज ब्यूरोका सहकर्मी सँजय पँजीयारले जनाएका छन् ।
गँगासागरको डीलमा बसेर राजहँसलाई मारेर घर लग्न खोजेपछि युवाहरुले उनलाई समातेर प्रहरीलाई बुझाएको हो । पँजीयारका अनुसार, गँगासागरमा शोभा वास्ते राखिएको राजहँस उनले मारेका हुन् । उनको नाम र ठेगाना भने खुलेको छैनन् भने प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
गँगासागर पोखरीमा दाताहरुले नै राजहँस पनि दान गरेर दिएका थिए । सो मध्ये एक हँसलाई युवकले मारेर घर लग्दै गर्दा पक्राउ परेका छन् । गँगासागर पोखरीलाई अध्यात्म मानिन्छ भने सो पोखरीको माछा पनि कोही नलिने गरेको छ ।
गँगासागर जनकपुरधामको पहिचानको एक अँशको रुपमा स्थापित भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…