बजाजको मोटरसाइकल खरिदमा धनुषाका साफीले जिते १० लाख इनाम

बजाज शुन्य अफरमा शुरुमा १ र पछि जतिवटा शुन्य थपिन्छ त्यतिको इनाम दिने गरेको जनाइएको छ ।

२०७८ बैशाख ८ बुधबार
बेलुकी ६:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । बजाज कम्पनीको मोटरसाइकल खरिद गर्दा धनुषाका एक जना भाग्यशालीले १० लाख रुपैया स्क्रेचमा पाएको छ ।

धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर ३ (साबिक वडा नं. ६ लगमा बजार) बस्ने रोशन साफीले बजाज कम्पनीका पल्सर १५० सीसीको मोटरसाइकल खरिद गर्दा १० लाख रुपैयाँ हात पारेका छन् ।

जनकपुरधामको मुजेलिया स्थित रहेको ओम अटो मोवाइल्समा बजाज शुन्य अफर अन्र्तगत सवै भन्दा कम १० हजार र सवै भन्दा बढी १० लाखको इनाम राखिएको छ । 

साफीलाई वुधवार एक कार्यक्रम विच ओम अटो मोवाइल्समा एक कार्यक्रम विच १० लाखको चेक हस्तान्तरण गरिएको थियो । बजाज शुन्य अफरमा शुरुमा १ र पछि जतिवटा शुन्य थपिन्छ त्यतिको इनाम दिने गरेको जनाइएको छ ।

बजाज कम्पनीको शुन्य अफर अहिले मोटरसाइकल पारखिकोलागि एक दम्मै लाभदायक रहेको र मोटरसाइकलका पारखीहरु पनि अहिले उत्साहित भएर खरिद गरि रहेका छन् ।

 शुन्य अफर लागु भएपछि अहिले सम्म ओम अटो मोवाइल्सवाट करिव ४ सय भन्दा बढी मोटरसाइकल विक्री भई सकेको जनाइएको छ । चैत १ गते देखि शुन्य अफर चालु भएको सञ्चालकले जनाएको छ ।

  • 58%
  • 0%
  • 0%
  • 33%
  • 0%
  • 0%

साढे ८२ लाख रुपैयाँ सहित चार युवक पक्राउ

  • २०७८ बैशाख ८ बुधबार

न्यूज ब्यूरो, वीरगँज । प्रदेश २ को आर्थिक नगरी वीरगँजबाट ८२ लाख ५० हजार रुपैयाँ सहित प्रहरीले हुण्डी कारोवारीहरुलाई पक्राउ गरेको छ ।  बीरगँज महानगरपालिका वडा नं. ३ आदर्सनगर पानीटँकीस्थितबाट प्रहरीले

पूरा पढ्नुहोस्

Bureau Menus