एक्सपायर खानेतेल, कोल्ड ड्रीन्क बेच्ने पसल र होटेलहरुलाई कारवाही 

सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैयालगायतका मुख्य शहरमा पनि बजार अनुगमन गरिने प्रमुख सिंहले बताए । 

२०७८ बैशाख ८ बुधबार
बेलुकी ६:१२ बजे
सबिन यादव

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानस्थित विभिन्न पसलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिबिजनले अनुगमन गरेको छ ।

बजार अनुगमनकै क्रममा लहान अस्पताल चोकस्थित सन्जु जेनरल स्टोर, ओम जेनरल स्टोर, पवन किराना पसल एण्ड जेनरल स्टोर, चाँदनी किराना पसललगायत एक दर्जन पसलबाट ठूलो परिमाणमा म्याद गुज्रिएको खाद्यान्न, पेय पदार्थ तथा खानेतेल नियन्त्रणमा लिई नष्ट गरेको छ । 

त्यस्तै रिया, लक्ष्मी होटल तथा सिटी टे«डर्सबाट पेय पदार्थ तथा उपभोग गर्नुपर्ने समयावधि सकिएका बियर बरामद गरी नष्ट पारेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । 

पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोरोना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुनपानी, स्यानिटाइजर, ग्लोभलगायत सामग्री केन्द्रित गरेर अनुगमन गरिएको रहेको प्रमुख सुरेश सिंहले बताए ।

पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अबिलम्व उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको उनले जनाए ।

अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारवाही गरिने उनको कथन थियो ।    सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैयालगायतका मुख्य शहरमा पनि बजार अनुगमन गरिने प्रमुख सिंहले बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७८ बैशाख ८ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus