२० बर्षपछि 'उदीत नारायण झा' सप्तरीमा, एक हप्ता बस्ने
न्यूज ब्यूरो || जनकपुरधाम, १६ फागुन । करिब २० बर्षपछि प्रसिद्ध गायक उदीतनारायण झा आफ्नो जन्मस्थल सप्तरीको भारदह आएका छन् । विश्वमा प्रसिद्धी कमाएका गायक झा संगै उनका जेठी पत्नी रञ्जना झा पनि आएकी छन् । झा करिब एक साता सप्तरी बस्ने परिवारिक श्रोतले जनाएको छ । झा गायन पेशामा लागेर लामो समयदेखि भारतमा

२०७४ फागुन १६ बुधबार, राति १०:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १६ फागुन ।
करिब २० बर्षपछि प्रसिद्ध गायक उदीतनारायण झा आफ्नो जन्मस्थल सप्तरीको भारदह आएका छन् ।
विश्वमा प्रसिद्धी कमाएका गायक झा संगै उनका जेठी पत्नी रञ्जना झा पनि आएकी छन् ।
झा करिब एक साता सप्तरी बस्ने परिवारिक श्रोतले जनाएको छ ।
झा गायन पेशामा लागेर लामो समयदेखि भारतमा बस्दै आए पनि उनका दाजुभाइ भारदहमै बसिरहेका छन् ।
बलिउडमा जमेपछि दीपा झासँग दोस्रो विवाह गरे लगत्तै जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध चिसिएको थियो ।
हाले दुबैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनि खास एक सप्ताह बसेर सबै साथीभाईसँग भेटघाट गर्ने बताएका छन् ।
जन्मे हुर्केको ठाँउको अत्यन्त माया लागेको भन्दै आफ्नो गाँउमा धेरै दिनपछि आएकोमा खुशी निकै खुशि लागेको बताए ।
झा गाउँ आउनेबित्तिकै पहिला भारदहस्थित कंकालनी मन्दिरमा पूजा गरेका छन् ।
यस अघि झा आफ्नो मामा घर भारत बिहारको सुपौलमा केहि दिन आएर बसेका थिए ।
उनी नितान्त भेटघाँटका लागि कार्यक्षेत्र छोडर केहि दिनका आएका हुन् ।
#नयाँपत्रिकाकोसहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…